धनगढी: कोरोना बढ्न थालेपछि जिल्ला प्रशासन कार्याल कैलालीले मास्क लगाउन अनिवार्य गरेको छ। आज बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले घरभन्दा बाहिर निस्किदा मास्क अनिवार्य रुपमा लगाउनुपर्ने निर्णय गरेको हो। यो निर्णयलाई कडाइका साथ लागू गरिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। मास्क नलगाउने कारबाही गर्ने बताए।
यसैगरी, होम आइसोलेसन र होम क्वारेन्टाइनलाई प्राथमिकता दिने निर्णय गरिएको छ