धनगढी: नेपाल पत्रकार महासंघ कैलालीको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी प्रेस युनियन कैलालीका निवर्तमान अध्यक्षसमेत रहेका टेकराज जोशीले उम्मेदवारी फिर्ता लिएका छ्न । कैलालीमा युनियनलाई एक बनाउन उनले उम्मेदवारी फिर्ता लिदै उनले प्रेस युनियन कैलालीका वर्तमान अध्यक्ष श्रवण देउवा नेतृत्वको आधिकारिक प्यानललाई समर्थन गरेका हुन।
जोशीले युनियनको अध्यक्षको रुपमा रहँदा, त्यसअघि र त्यसपछिसमेत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकारको पक्षमा भए गरेका आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उम्मेदवारी फिर्ता लिदै जोशीले पत्रकार महासघलाई विगतदेखि नै अखडा बनाएर गलत गतिविधि गर्नेविरुद्ध शसत्त रुपमा लाग्न देउवा नेतृत्वको प्यानलाई जिताउन पर्ने बताए ।
अध्यक्षका उम्मेदवार देउवाले जोशीलाई धन्यवाद दिदै जित सुनिश्चित भएको दाबी गरे । देउवा नेतृत्वको एलाईन्सबाट कैलालीमा ४ जना निर्विरोध निर्वाचित भईसकेका छ्न ।
