धनगढी: संविधानसभा सदस्य एवं हलिया मुक्ति आन्दोलनका राष्टिँय अभियन्ता, पूर्व सासद हरि श्रीपाईलीले हलिया,कमैया र कमलरी प्रथा अन्त्यको घोषणा गरिए पनि उनीहरुहरुको भूमिमा पूर्ण स्वामित्व सहित भूमिको मालिक बनाउन नसक्दा जीवनस्तर माथि उठ्न नसकेको बताए ।
उनले संविधानमै भूमिहिन दलित एंव सिमान्तकृत समुदायलाई एकपटकलाई भूमि उपलब्ध गराउने कुरा उल्लेख भएकाले अग्रगामी सोच र विशेष निती तथा कानुन निर्माण गरी छुट मुक्त हलिया,कमैया र भूमिहिनलाई राज्य जग्गा उपलब्ध गराउनुुपर्नेमा जोड दिनुभयो ।
शुक्रवार धनगढीमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपाल र मुक्त कमैया महिला विकास मंचले आयोजना गरेको मुक्त हलिया र कमैयाहरुको भूमि माथिको स्वामित्वको सवाल र सरोकारवालाहरुको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा उहाँले उक्त कुरामा जोड दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सामाजिक समितीका सभापति कुन्ती जोशी,प्रदेशसभा सदस्य एंव सचेतक टेक वहादुर रैका, प्रदेशसभा सदस्य डिल्ली पन्त,भूमि समस्या समाधान आयोगका केन्दीय सदस्य अगस्त अधिकारी, धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य प्रेम विक,मानवअधिकार संरक्षण मंचका प्रदेश अध्यक्ष डिल्लीराज जोशी,दलित अधिकारका लागि राष्टिय संजालका महासचिव राजेन्द्र रैका ,मुक्त कमैया बजारी चौधरी, लगायतकाले मुक्त हलिया एंव कमैयाहरुको भूमिको सवाल मुख्य रहेकाले उचित भूमि सहित सम्मानजनक पूर्नस्थापना हुनुपर्नेमा जोड दिएका थिए ।