धनगढी: अखिल क्रान्तिकारी कैलालीले शुल्क घटाउन माग गर्दै कैलाली बहुमुखी क्याम्पसमा ज्ञापनपत्र बुझाएको छ । विद्यार्थीको ढाडसेक्ने गरि लगिदै आएको चर्को शुल्क घटाएर सबैको पहुँच पुग्ने गरि सुल्क निर्धारणको माग समेत गरेको छ । अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख डाक्रटर पदम राज जोशीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
‘विगतमा सामुदायिक क्याम्पस आफ्नै स्रोतमा चलाउनु पर्ने स्थिति थियो भने हाल आङ्गिक क्याम्पस भैसके पश्चात् पुर्ण सरकारी भएको छ। पुर्ण रुपमा सरकारी क्याम्पस भैसक्दा पनि विगत सामुदायिक क्याम्पस हुँदा ताको शुल्क र अहिले आङ्गिक हुँदा को शुल्कमा खासै धेरै अन्तर देखिएन ।
यस क्षेत्रका मजदुर, किसान, आदिवासी जनजाति थारु, दलित लगायत उत्पीडित क्षेत्र, समुदाय र वर्गका मानिसको छोराछोरीहरु सहजै अध्ययन गर्न पाउने गरि तत्काल न्यूनतम शुल्क तोक्न जोडदार माग गर्दछौं’ ज्ञापन पत्रमा भनिएको छ । माग वेबास्ता गरिए कडा भन्दा कडा संघर्ष जाने अखिल क्रान्तिकारी कैलालीले चेतावनी समेत दिएको छ ।
