धनगढीः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना सुरु भएको छ । राष्ट्रिय गणना कार्यक्रमअनुसार बिहीबारबाट गैँडाको गणना सुरु गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ।
बिहीबार बाट औपचारिक रूपमा निकुञ्जले मालुमेला, बेल्डाँडी र शुक्लाफाँटा क्षेत्र गरी तिन ओटा ब्लकबाट गैँडाको गणना सुरु गरिएको हो ।
गैँडा गणनाका लागि ८ जना प्राविधिक कर्मचारी, १२ ओटा हात्ती परिचालक र १० जना व्यवस्थापक गरी ३० जना कर्मचारी परिचालन गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल पुर्जा पुन मगरले जानकारी दिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २०७१ सालमा गरिएको गणनाअनुसार १७ वटा गैँडा रहेका छन्।