धनगढीः कैलालीमा युवती मृत अवस्थामा फेला परेकी छन्।
जिल्लाको बर्दगोरिया गाउँपालिका–३ खैरेनी बस्ने १९ वर्षीय अन्जली जैसी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जैसी आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको बताए।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।