धनगढी : कैलालीको गोदावरीमा रहेको काठको पुलको बिचमा थ्रिडिभिएल सस्थाले राखेको नेपालको झन्डा अज्ञात समुहले भाँचेको छ । गत दुई महिना पहिले थ्रि डि भि एल क्रेसनले पृथ्वी जयन्तीको अवसरमा गोदावरीमा पर्यटकहरुलाई आकर्षण गर्न झन्डा राखेको हो ।
पछिल्लो समय झन्डाले पर्यटकहरुलाई समेत बढाएको थियो । सामाजिक संजाल टिकटकमा भाईरल हुन झन्डाले महत्त्वपुर्ण भुमिका खेलेको थियो । थ्रिडिभिएल क्रेसनका अध्यक्ष दिपक ओझाले नेपालको झण्डाको अपमान भएको भन्दै मान्छे पत्ता लगाएर कार्वाहीको दायरामा ल्याउने बताए ।
कसले किन भाँच्यो भन्ने बिषयमाभने केही खुल्न सकेको छैन् ।