कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लोकतान्त्रकका लागि भएका आन्दोलनका योद्धाहरुको अभिलेखीकरण गर्ने कार्य सुरु गरिएको छ।
गृह मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार कार्यालयले लोकतान्त्रकका लागि भएका सबै आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने सहिद परिवार, लोकतान्त्रिक योद्धा, द्वन्द्वपीडित, विस्थापित, अपाङ्गता भएका, घाइतेको अभिलेखीकरण गर्न सुरु गरिएको हो।
स्थानीय शान्ति समितिले तयार गरेको विवरण, २०६२र६३ को ऐतिहासिक लोकतान्त्रिक आन्दोलनका सहिद तथा घाइतेबारे अभिलेख तयार गर्न गठित समितिको प्रतिवेदन र २०४६ को आन्दोलनपछि गठित राजनीतिकपीडित समितिले तयार गरेको प्रतिवेदनमा नाम छुट भएका व्यक्तिहरुको अभिलेखीकरण भैरहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले बताए।
सूचना प्रकाशन भएको सात दिनभित्र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको दुई फोटोसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन दिनु पर्नेछ।