• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमका सीमानाकामा एन्टिजेन परीक्षण

धनगढी : कोरोना भाइरस सङ्क्रमण रोकथामको प्रयासस्वरुप सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्‍चालनमा रहेका ‘हेल्थ डेस्क’मार्फत नेपाल फर्किने नागरिकको पछिल्लो हप्तादेखि एन्टिजेन परीक्षणको काम भइरहेको छ। कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएरनभएको जानकारी एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ।

व्यक्तिमा कोरोना भएरनभएकाबारे स्थलगतरुपमै पत्ता लगाउने छोटो र सजिलो प्रविधि एन्टिजेन परीक्षण भएको स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा. गुणराज अवस्थीले बताए। ुयो एन्टिजेन विधि कोरोना परीक्षण गर्ने आरडिटी पिसिआर विधिजस्तै मानिन्छ। तर कुन भाइरस हो भन्‍ने पत्ता लगाउन भने एन्टिजेन परीक्षण गर्दा नतिजा पोजिटिभ आउने व्यक्तिको पुनः आरडिटी पिसिआर पद्धतिबाट परीक्षण गर्नैपर्ने हुन्छ, उनले भने।
एन्टिजेन विधिबाट परीक्षण गर्दा स्वाब लिएको १० देखि २० मिनेटमा नै नतिजा आउने जनाइएको छ।कैलालीको त्रिनगर सीमानाकाको हेल्थ डेस्कमा खटिएका अहेब गणेश साउदले यो विधिबाट परीक्षण गर्दा नतिजा पोजिटिभ देखिने व्यक्तिको हकमा ती व्यक्ति बस्‍ने पालिकालाई खबर गर्ने गरिएको बताए। एन्टिजेन परीक्षण गर्न कतिपय दिन भ्याइनभ्याइ हुन्छ, साउदले भने, समूहमा आउनेमध्ये शङ्‍कास्पद व्यक्तिको यस्तो परीक्षण गर्छौं, परीक्षण गर्दा सबैमा पोजिटिभ नतिजा आए समूहका सबै व्यक्तिको एन्टिजेन परीक्षण गर्छौं।

स्वास्थ्य निर्देशनालयको तथ्याङ्‍कअनुसार हालसम्म त्रिनगर र गड्डाचौकी सीमानाकाका हेल्थ डेस्कमा एक हजार २८० जनाको एन्टिजेन परीक्षण भइसकेकामा ३२ जनाको नतिजा पोजेटिभ र बाँकीको नतिजा नेगेटिभ देखिएको छ। त्रिनगर -डोकेबजार प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक रामप्रसाद अवस्थीले सीमानाकाबाट नेपाल भित्रिनेको सङ्ख्या कहिले बढ्ने कहिले घट्ने गरेको जानकारी दिए। ुत्रिनगर ९डोकेबजार० सीमानाकाबाट हाल दैनिक ४०० देखि ६०० को हाराहारीमा नेपाली भित्रिने गरेका छन्, उनले भने, परीक्षणपछि आउने रिपोर्टका आधारमा व्यक्तिलाई सम्बन्धित ठाउँमा पठाउने व्यवस्थापन गरिरहेका छौँ।

पछिल्ला दिनमा भारतमा कोरोना भाइरस सङ्क्रमण र मृत्युदर वृद्धि भएको देखिएपछि प्रदेशका सीमावर्ती जिल्लामा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने सम्भावना बढेको छ। यो रोगको सङ्क्रमणदर बढेसँगै रोजगारीका लागि भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन्।यसैबीच जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना भाइरसको सङ्क्रमण जोखिम हुन नदिन तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई सङ्क्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिने जानकारी दिएको छ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा जारी गरिएको आदेशमा पछिल्ला दिनमा भारतमा कोरोना भाइरसको सङ्क्रमण र मृत्युदरमा वृद्धि भएको अवस्थामा खुला सिमानाका कारण कैलाली जिल्ला पनि उच्च जोखिममा रहेकाले फागु होली लगायतका पर्व, जात्रा, महोत्सव मनाउँदा भीडभाड नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन एवं एकापसमा भौतिक दूरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ।रासस

शनिबार, चैत १४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.