घनगढी : कैलालीको गोदावरी नगरपालिका वडा ४ भ्याकुतेपानी मोडमा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
डडेल्धुराबाट धनगढी आइरहेको सुप्रप्र ०१००१ ख २५२८ नम्बरको ट्रक र महेन्द्रनगर देखि डडेल्धुरा जाँदै गरेको बा ३ ख ९५२५ नम्बरको हाइस बुधवार बिहान एक आपसमा ठोकिँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेको पद्मा अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धी थप विवरण आउन बाकी छ ।