धनगढी : भारतका विभिन्न स्थानमा दोस्रो चरणको कोरोना संक्रमण फैलिएसंगै नेपालमा पनि कोरोनाको जोखिम बढेको छ । जोखिम बढेसँगै लकडाउन हुनसक्ने भन्दै बिभिन्न आँकलनहरु गर्न थालिएका छन् । तर नेपाल सरकारले अहिले नै लकडाउन हुने या नहुने बारे कुनै निर्णय भने गरेको छैन् ।
यस्तै सुदूरपश्चिम प्रदेशमा पनि जोखिम बढेको छ। भारतका केही प्रदेशमा पुनः लकडाउन गर्न लागिएपछि रोजगारमा रहेका नेपालीहरु पुनः स्वदेश फर्कन लागेका छन्। स्वदेश फर्कन लागेपछि दोस्रो चरणको कोरोनाको जोखिम बढेको हो ।
कोरोना भाइरसको महामारी शुरु हुँदा विश्वभरीकै विभिन्न राष्ट्रहरुले लकडाउन जारी गरेको थियो।