• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गर्मीमा बन क्षेत्र डढेलोको जोखिममा, नियन्त्रण गर्न उपकरण र दक्ष जनशक्ति अभाव

धनगढी, ९ चैत/वसन्त र ग्रीष्म ऋतु विशेष डढेलो जोखिमको समय हो। यो समयमा वर्षभरि भएको हरियाली वन क्षणभरमै सखाप भइदिन्छ, डढेलोका कारण। हो, त्यही डढेलो लाग्न नदिन र लागिसकेपछि नियन्त्रण गर्न चाहिने पर्याप्त आवश्यक सुरक्षा सामग्री तथा तालिमप्राप्त दक्ष जनशक्तिको अभावले बर्सेनि सुदूरपश्चिमको वन मासिँदै गइरहेको छ।

सुदूरपश्चिममा जुन दरमा वन अतिक्रमण बढ्दो छ, त्यही दरमा डढेलोले नवपालुवा मासिने क्रम पनि बढ्दै गइरहेको छ। डढेलो नियन्त्रण हुन नसक्नु र चेतनास्तरमा कमीका कारण सुदूरपश्चिमको वन क्षेत्र बर्सेनि मासिँदै गएको पर्यावरणकर्मी बताउँछन्। डढेलोका कारण सुदूरपश्चिमको वन क्षेत्र बर्सेनि मासिँदै गइरहेको सामुदायिक वन उपभोक्ता महासंघका कैलाली अध्यक्ष डण्डीराज सुवेदी बताउँछन्। वन क्षेत्रमा डढेलो लाग्दा चाहिने सुरक्षा सामग्री र दक्ष तथा तालिमप्राप्त जनशक्ति अभावमा नियन्त्रण गर्न नसकिँदा बर्सेनि वन मासिँदै गइरहेको उनले बताए। ‘घना जंगल रहेको कैलालीको वन क्षेत्र बर्सेनि डढेलोका कारण मासिँदै गएको छ,’ उनले भने, ‘वर्षामा हुर्किएका बोटबिरुवा गर्मी मौसममा लाग्ने डढेलोले नासिँदै गएका छन्, जसले गर्दा बुढा तथा पुराना रूखबाहेक नवपालुवा हुर्काउन सकिएको छैन।’

आफूहरूसँग छुट्टै अग्नि नियन्त्रणका लागि दक्ष जनशक्ति नभएको बताउँदै प्रदेश वन निर्देशनालय धनगढीका प्रदेश वन निर्देशक हेमराज विष्टले भने, ‘डढेलो नियन्त्रणका लागि हामीसँग छुट्टै दक्ष जनशक्ति छैन, वनरक्षक, सामुदायिक वनका पदाधिकारी र सेना प्रहरीकै सहयोगमा हामीले डढेलो नियन्त्रण प्रयास गर्दै आएका छौं।’ डढेलोका कारण बर्सेनि पुनरुत्पादन सखाप हुने गरेको बताउँदै उनले भने, ‘चेतनामूलक कार्यक्रमसँगै समयमै डढेलो नियन्त्रण गर्न सके पुनरुत्पादन जोगिन सक्थ्यो।’ बर्सेनि भइरहने डढेलो नियन्त्रणका लागि एक छुट्टै मोबाइल टोली बनाउन सके डढेलोले सखाप हुने जंगललाई जोगाउन सकिने उनी बताउँछन्। ‘डढेलो नियन्त्रणका लागि चाहिने आवश्यक सामग्री पर्याप्त हुनु र डढेलोका लागि मात्रै छुट्टै मोबाइल टोली बनाउन सकिए जंगल जोगिन्थ्यो।’

डिभिजन वन कार्यालयहरूले सामान्य औजार र उपकरण किनेर सामुदायिक वनलाई दिने गरेको उनले बताए। ‘हामीले सामुदायिक वनलाई डढेलो निभाउन आवश्यक पर्ने सामान्य केही औजार तथा उपकरण दिने गरेका छौं, त्यो पर्याप्त भने होइन,’ उनले भने, ‘आधुनिक उपकरणसँगै दक्ष जनशक्ति पनि आवश्यक हो।’ समुदायमा रहेका केही मानिसले जंगलमा आगो लगाउने गरेको बताउँदै उनले भने, ‘सामुदायिक वनमा विमति राख्नेहरूले जंगलमा डढेलो लगाइदिन्छन् र दुःख उपभोक्ताले पाउँछन्।’ गर्मीको मौसममा सुकेका पातपतिंगर र सुकेका काठले पनि डढेलो लाग्ने गरेको बताउँदै उनी भन्छन्, ‘त्यसलाई व्यवस्थापन गर्न नसक्दा डढेलोले बर्सेनि जंगल सखाप पार्दैछ।’ डढेलो लाग्दा ढलापडा रुख नासिने र पुनरुत्पादन पनि बिग्रने उनी बताउँछन्। ‘डढेलो सुक्खा रूखमा सल्कँदा एकातिर राजस्व गुम्छ नै,’ उनले भने, ‘अर्कोतर्फ रूखमा आगो सल्कँदा धेरै दिनसम्म रहिरहने भएकाले डढेलो नियन्त्रण गर्न गाह्रो हुने र त्यसले पुनरुत्पादनमा समस्या पर्ने पर्छ।’ सूदूरपश्चिमको वनमा बर्सेनि आगोले ४० प्रतिशतजति क्षति पु¥याउने गरेको वन निर्देशनालय बताउँछ।

विपद् जोखिम नियन्त्रणका लागि अतिजोखिम, जोखिम र न्यून जोखिम क्षेत्र पहिचान गरी त्यसअनुसार नियन्त्रणका लागि कार्यक्रम तय गरिन्छन्। डढेलोलाई सरकारले विपद् मानेको भए पनि त्यसअनुसार तयारी भने गर्न नसकेको सरोकारवाला बताउँछन्। सुदूरपश्चिम प्रदेशका पा“चवटा जिल्ला वन डढेलोको उच्च जोखिममा छन्। कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीका वन डढेलोको उच्च जोखिमको सूचीमा पर्छन्।

सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा डढेलोको जोखिम छ। कैलालीमा आव २०७५÷७६ मा कुल क्षेत्रफलको ४० प्रतिशत वन क्षेत्रमा डढेलो फैलिएको थियो। डढेलोले पुनरुत्पादन भएका कैलालीका ४० प्रतिशत बिरुवा सखाप पारेको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष समयमै पानी पर्दा र जंगली झार उम्रिँदा डढेलो खासै फैलन पाएन र समयमै नियन्त्रणमा आएको थियो। तर यस वर्ष भने अहिलेसम्म मौसम सुक्खा रहेकाले डढेलोको थप जोखिम हुन सक्ने अनुमान गरिएको छ।

पुष्पराज जोशी, नागरिक दैनिकबाट

सोमबार, चैत ०९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.