धनगढी : बैतडीकी किशोरी भागरथी हत्याका अभियोगमा बाल सुधार गृहमा दिनेश भट्टले बयान फेरेका छन् । उनले शनिबार आफ्नो बुबा दिपकराज भट्टसँगको भेटका क्रममा भागरगीको हत्या गरेको देखेको र आफूले हत्या नगरेको बताएका छन् ।
आफ्नो छोराको भनाइ उदृत गर्दै दिनेशका बुबाले भने, “मैले हत्यार गरेको होइन । हत्या गर्ने एकजना गाउँपालिकाकै कर्मचारी हुन् । कार्की थरका हुन् । अर्को एकजनालाई मैले चिनिनँ ।”
