धनगढी : डोटीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना प्रशिक्षार्थी प्रहरी जवान गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो म २ प ४६७४ नम्बरको पल्सर मोटरसाइकल दीपायल सिलगढी नगरपालिका– ४ सुनगणा ट्राफिक कार्यालयनजिक दुर्घटनामा परेको हो।
दुर्घटनामा परी घाइते हुनेमा २० वर्षीय दलबहादुर भण्डारी, २० वर्षीय लोकरञ्जन भट्ट र २१ वर्षीय दीपेन्द्र खड्का रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए।
एसएसपी सिंहका अनुसार घाइते भएका तीनैजना प्रहरी तालिम केन्द्र दीपायलमा जवान पदको तालिम लिइरहेका थिए।
घाइते तीनै जनाको अवस्था गम्भीर रहेको छ। डोटीमा उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् धनगढी पठाएको एसएसपी सिंहले जानकारी दिए।