गणेश साउँद,डोटी/ डोटीमा शिक्षक र विद्यार्थीहरुमा स्वास्थ्य समस्या देखिन थालेको छ । जिल्लाको बोगटान फुडसिल गाउँपालिकाको मष्टेश्वर माबीमा शिक्षक र विद्यार्थी थला परेपछि एक हप्ताका लागि बन्द गरिएको छ ।
विद्यार्थी र शिक्षकहरुमा ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछी विद्यालयलाई एक हप्ताका लागि बन्द गरीएको प्रधानाध्यापक झकेन्द्र बहादुर चन्दले बताए।
शिक्षकहरुमा समेत स्वास्थ्य समस्या देखिएपछि विद्यालय बन्द गर्न बाध्य भएको उनले बताए । गत फागुन २१ गतेबाट विद्यार्थि र शिक्षकहरुमा स्वास्थ्य समस्या देखिन थालेको हो। यो क्रम नरोकिएपछि अभवभावक संग छलफल गर्दै बिद्यालय बन्द गर्ने निर्णय गरीएको प्रधानाध्यापक चन्दले जानकारी दिए।
सोही क्षेत्रका स्वास्थ्य चौकी इन्चार्ज हेमन्त बोगटीले भने भाइरल ज्वरोको समस्या देखिएको बताए । मौसम परिवर्तनका कारण यस्तो समस्या देखिएको उनले बताए ।