काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनीले नेपालमा आफ्ना विभिन्न मोबाइल सेटको मूल्य घटाएको छ । कम्पनीले सोमबार आफ्ना मोबाइल सेटहरुको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।
कम्पनीको नयाँ मूल्य सूची अनुसार बजारमा उपलब्ध ११ वटा स्मार्टफोनमो मूल्य घटेको छ । जसमा २ जीबी र्याम तथा ३२ जीबी स्टोरेज भएको भिभो वाई ९१ सी २०२० को मूल्य १२ हजार ९९० रुपैयाँ कायम भएको छ । त्यस्तै ३ जीबी र्याम तथा ३२ जीबी स्टोरेज रहेको भिभो वाई इलाभेनको मूल्य पनि घटेर १७ हजार ४९९ रुपैयाँमा झरेको छ ।
भिभो वाई २० ९४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज० को मूल्य २२ हजार ७९९ रुपैयाँ, भिभो वाई २० ९३ जीबी र्याम तथा ६४ जीबी स्टोरेज० को मूल्य २० हजार ९९० रुपैयाँ, भिभो वाई ३० ९४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज०को २३ हजार ४९९ रुपैयाँ र भिभो वाई ३० ९४ जीबी र्याम तथा १२८ जीबी स्टोरेज० को मूल्य २५ हजार ९९९ रुपैयाँ रहेको छ ।
यसैगरी वाई सिरिजकै भिभो वाई २० एस ९४ जीबी र्याम तथा १२८ जीबी स्टोरेज० को नयाँ मूल्य २५ हजार ४९९ रुपैयाँ र भिभो वाई ५१ ९४ जीबी र्याम तथा १२८ जीबी स्टोरेज० को मूल्य ३३ हजार ४९९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै भी सिरिजका तीन वटा मोबाइलको मूल्य समेत घटेको छ । जसमा भिभो भी १९ ९८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज० को मूल्य ४५ हजार ९९९ रुपैयाँ, भिभो भी २० ९८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज० को मूल्य ४७ हजार ९९० रुपैयाँ र भिभो भि २० एसई ९८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज० को मूल्य ३७ हजार ९९९ रुपैयाँ राखिएको छ ।
