काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले गत वैशाखमा ल्याएको लकडाउन प्याक आज आइतबारसम्म मात्रै लागू हुने जानकारी दिएको छ ।
३० दिनसम्म मान्य हुने यो प्याक ग्राहकले २९९ रुपैयाँ करबाहेकमा खरिद गर्न सक्छन् । यसअन्तर्गत ४५ जीबी डेटा प्राप्त गर्न सकिन्छ । ग्राहकले हरेक दिन बिहान ६ देखि बेलुकी ६ बजेसम्म लकडाउन प्याक प्रयोग गर्न पाउँछन् । यो डेटा प्याक सुचारु गर्न ८१४१८७८१८१३ डायल गर्नुपर्ने हुन्छ ।