टेक सिँह धामी, धनगढी, माघ २०/ बैतडीको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्रप्रसाद ओझाको कार्यालयमा हाजिर भएको एकदिनमै सरुवा भएको छ ।
सुर्नया गाउँपालिकाबाट सिगास गाउँपालिका सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत ओझा यही माघ १२ गते सिगास गाउँपालिकामा हाजिर भएका थिए । १२ गते पालिकामा हाजिर भएका अधिकृत ओझालाई १३ गते नै सरुवा गरेको हो ।
ओझालाई मन्त्रालयले कञ्चनपुरको बेलौरी नगरपालिकामा सरुवा गरेको हो । हाजिर भएको एकदिनमै प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि गाउँपालिकाको कामकाजमा समस्या भएको गाउँपालिकाले जनाएको छ।