धनगढी, माघ २०/ बैतडीको सिगास गाउँपालिकामा बन्द गरिएको खानेपानी पुनः सुचारु गरिएको छ।
सिगास ३ को मैतोडखोला चमडेखर्क देखि मैनोला हुदै हल्कासैनी सम्म निर्माण भइरहेको खानेपानी परियोजना निर्माणका क्रममा विवाद सिर्जना हुदा थुनिएको मुहानबाट पुनः पानी सुचारु गरिएको हो।
आईतवार मुहान थुनेर खानेपानीको पाइपलाइन बन्द गरीएकोमा सुदुरपत्रले सिगासमा खानेपानी अभाव : उपभोक्ता समितिको रवाफ, योजना रोक्न दवाव भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछी सोमबार खानेपानी पुनः सुचारु गरिएको हो।
उपभोक्ता समितिले मुहान थुनेर वार्ड क्षेत्रमा खानेपानीको पाइपलाइन बन्द गरेको थियो।