• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

दूरविन अभावमा नेपालको पहिलो भ्यूटावर चार महीनादेखि बन्द

"भ्यूटावर  "

धनगढी, १ माघ/ मकवानपुरको दामनमा रहेको शीतल भ्यूटावर अहिले बन्द छ । गत असोजदेखि भ्यूटावर पूर्णरूपमा बन्द रहेको दामन बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टासी शेर्पाले जानकारी दिए ।

कोभिड–१९ का कारण लकडाउन घोषणा भएयता भ्यूटावरमा आउने पर्यटकको संख्या कमी हुँदै गएको थियो । लकडाउन खुकुलो भएसँगै विस्तारै पर्यटकको संख्या वृद्धि हुन थाले पनि भ्यूटावरमा रहेका दूरविनमा समस्या भएको जनाउँदै ग्राहकले व्यापक गुनासो गर्न थालेपछि भ्यूटावर व्यवस्थापनले टावर बन्द गरेको हो । भ्यूटावरसँगै सञ्चालनमा रहेको रिसोर्ट पनि बन्द भएको छ ।

दामन भ्यूटावर एण्ड रिसोर्टका सञ्चालक प्रकाश होटल इन्टरनेश्नलका प्रतिनिधि भरत गोपालीले भ्यूटावरमा नयाँ दूरविन राख्न र टावर मर्मत गर्न नगरपालिकालाई पटक–पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएकाले टावर बन्द गर्नुपरेको जानकारी दिए । थाहा नगरपालिकाले दामन भ्यूटावर र रिसोर्ट दुवै सञ्चालन गर्ने गरी विसं २०७५ कात्तिक १५ गते प्रकाश होटल इन्टरनेशनललाई पाँच वर्षका लागि ठेक्कामा दिएको थियो ।

कुल रू। ४७ लाख ६३ हजारमा ठेक्कामा लिएकामा नगरपालिकाले नयाँ दूरविन उपलब्ध नगराएको, अन्य पूर्वाधार निर्माणमा पनि सहयोग नगरेको र कोभिड–१९ का कारण चल्न नसकेको जनाउँदै सो इन्टरनेश्नलले सम्झौतामा पुनःविचार गर्न माग गर्दै आएको छ ।

विसं २०२१ मा तत्कालीन राजा महेन्द्रले रानी इन्द्र राज्य लक्ष्मीको आग्रहमा भ्यूटावरको निर्माण गरेका थिए । नेपालकै पहिलो भ्यूटावर टावरको रूपमा रहेको भ्यूटावरको नाम शीतल भ्यूटावर राखिएको थियो । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टले समेत होटल सञ्चालन गरेका भ्यूटावरमा दुई शक्तिशाली दूरविन राखिएका थिए । दूरविनबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जन बढी हिमशृंखला नजिकै देख्न सकिन्थ्यो ।

थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्री भ्यूटावरमा रहेको दूरविन करीब एक दशकदेखि नै काम नलाग्ने अवस्थामा रहेको जानकारी दिए । शुरुमा पर्यटन विभागको मातहतमा रहेको टावर डेढ दशकअघिदेखि जिल्ला विकास समितिले ठेक्कामार्फत सञ्चालन गर्दै आएको थियो ।

विसं २०७२ को संविधानले स्थानीय स्रोतको सञ्चालनमा स्थानीय तहलाई अधिकार प्रदान गरेपछि जिल्ला विकास समितिले थाहा नगरपालिकालाई भ्यूटावरको स्वामित्व हस्तान्तरण गरेको थियो । भ्यूटावर नगरपालिकाको स्वामित्वमा आएपछि जननिर्वाचित प्रतिनिधिको नगरसभाले भ्यूटावरमा राख्न दूरविन खरीद गर्नका लागि बजेट विनियोजन गर्दै आएको छ । अहिलेसम्म दूरविन ल्याउन सकेको छैन ।

गत आर्थिक वर्ष २०७६र७७ मा दूरविन खरीद गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको भए पनि पर्यटन मन्त्रालयले नै उपलब्ध गराउने आश्वासन पाएपछि बजेट संशोधन गरिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए । नगरपालिकाले चालू आव २०७७÷७८ का लागि प्रवर्द्धनात्मक कार्यक्रमअन्तर्गत भ्यूटावर मर्मत शीर्षकमा रू। चार लाख बजेट छुट्याएको छ । भ्यूटावरमा नयाँ दूरविन राख्न दूरविन खरीदको प्रक्रिया शुरु गरिएको उनले बताए ।

अहिले भ्यूटावर र रिसोर्ट दुवैको मूलढोकामा ताल्चा झुण्ड्याइएको छ । दामनको पर्यटकीय मनोरम हावापानीमा रम्दै भ्यूटावरमा रहेको दूरविनबाट दृश्यावलोकन गर्ने योजना बनाएर दामन आउने पर्यटक खिन्न हुँदै फर्किने गरेका छन् । ‘पर्यटक भ्यूटावर चढ्न भनेर आउँछन्, मूलढोकामा ताला झुण्डिएको देखेर खिन्न भएर फर्किन्छन्’, भ्यूटावर नजिकै होटल सञ्चालन गर्दै आएका सुरथ अधिकारीले भने ।

नेपालकै एक मात्र पर्वतीय वनस्पति केन्द्र, शीतोष्ण वागवानी केन्द्र, वनभोजस्थल, फोटो खिच्ने ९सेल्फी० डाँडा, नेपालकै लामो भर्‍याङ आदि दामनका पर्यटकीय आकर्षणका केन्द्र भए पनि अधिकांश पर्यटक भ्यूटावर भएकै कारण आउने गरेको होटल व्यवसायीको भनाइ छ ।

भ्यूटावर चढ्ने र दृश्यावलोकन गर्ने योजनाले आएका पर्यटक स्थानीय होटल तथा रिसोर्टमा बस्दा स्थानीय व्यापार बढ्ने गरेको थियो । अहिले खास अवसरमा बाहेक दामनमा पर्यटक आउनै छाडेको होटल व्यवसायीको गुनासो छ । रासस

बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.