धनगढी ३० मंसिर/ सुदूरपश्चिमका थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार १९३ नमूना परीक्षण गर्दा कैलालीका २९ र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि भएको हो।
धनगढी उप–महानगरपालिकाका थप १६ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
यस्तै कैलालीकै ठेगाना नखुलेका ५ जना, लम्किचुहा नगरपालिकाका ४ जना, गोदावरी नगरपालिकाका २ जना, यस्तै गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका १/१ जनामा समेत संक्रमण पुष्टि भएको छ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकाका ४/४ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
