धनगढी, २२ मंसिर/ मानव अधिकार तथा शान्ति समाज केन्द्रिय समितिका लागि समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीद्वारा टिकापुर सामुदायिक पुस्तकालयलाई एक बिशेष समारोहका बिच पुस्तक हस्तान्तरण गरिएको छ।
विभिन्न बिधाका चार सय थान पुस्तकहरु एक बिशेष समारोहका बिच टिकापुर सामुदायिक पुस्तकालयलाई हस्तान्तरण गरिएको हो।कार्यक्रमको प्रमुख अथिति सुदुर पश्चिम बिश्वबिधालयका प्रा. डा. जगतबहादुर सिह रावल रहनु भएको थियो। कार्यक्रममा नेपाली काँङ्रेस क्षेत्र नम्बर १ कैलालीका सभापति भुवनेश्वर आधिकारि, नेकपा टीकापुर नगर कमिटी सचिवालय सदस्य रंङ्ग अधिकारी , मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचीव टेकबहादुर सार्की ,शिक्षाविद नरराज गिरी,पुस्तकालयका सल्लाहाकार भक्तिराम कोईरालाले मन्त्तव्य राखेका थिए।
