काठ्माडौं, १८ मंसिर/ एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।
यी नयाँ भ्वाइस प्याक यहि मंसिर १८ (बिहीबार) देखि ग्राहकका लागि उपलब्ध हुनेछ र प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समयसिमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन् ।
एक घण्टाको भ्वाइस प्याक अन्तर्गत प्रिपेड ग्राहकले कर सहित ? १७ मा एक घण्टा समयसीमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् जसमा ग्राहकले २८ पैसा प्रति मिनेटको दरमा आफ्ना भ्वाइस सेवा लिन सक्नेछन् । एनसेल नेटवर्क भित्र कल गर्न विद्यमान् शुल्क प्रति मिनेट कर सहित रु २.५४ रहेको छ ।
ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्ने बित्तिकै प्याकको समयसिमा सुरु हुनेछ । प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स ८ ह्यास डायल गरि एक घण्टाको प्याक सुचारु गर्न सक्नेछन् ।
त्यसैगरी ग्राहकले तीन दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहित मात्र रु ४८ मा सुचारु गर्न सक्नेछन् । यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् । यस प्याक अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र कर सहित २१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा लिन सक्नेछन् ।
ग्राहकले एस्ट्रिक्स१७११८ एस्ट्रिक्स ६ एस्ट्रिक्स२ह्यास डायल गरी तीन दिनको समयसिमा रहेको प्याक सुचारु गर्न सक्नेछन् ।
सुलभदरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप आफ्ना ग्राहकका लागि यी भ्वाइस प्याकहरु ल्याइएको कम्पनीले जनाएको छ । यो अफरले अझै सुलभदरमा भ्वाइस सेवामा पहुँच दिदै ग्राहकलाई आफ्नो परिवार तथा साथीभाईहरुसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।