• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

नियमनमा छैनन् प्राइभेट नम्बर, आपराधिक गतिविधिमा प्रयोगको आशंका

काठमाडौं । प्रहरी प्रधान कार्यालय अन्तर्गत रहेको साइबर ब्यूरोले एक साताअघि विशेष अनुरोध भन्दै एउटा सूचना प्रकाशित गर्‍यो । जसमा विभिन्न व्यक्तिको मोबाइल तथा ल्याण्डलाइनमा ‘अननोन’ तथा प्राइभेट नम्बरबाट फोन गरेर ब्ल्याकमेल हुने गरेको विषयका उजुरीहरु प्राप्त हुन थालेको भन्दै सार्वजनिक रुपमा सचेत गराउने सन्देश रहेको थियो ।

यस्ता कलहरुबाट भन्ने गरिएको छ, ‘म साइबर अपराध विभागबाट बोलेको हो, तपाईंको फेसबुक ह्याक भएको छ । तपाईंका अश्लील फोटो, भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । हामीले एक पटकका लागि त्यसो हुनबाट रोकिदिएका छौं । तर भेरिफिकेसनका लागि तपाईंले आफ्नो नग्न फोटो तथा भिडियो पठाउनुपर्ने हुन्छ ।’

जब कि यस्ता अननोन नम्बर, प्राइभेट नम्बर अर्थात फोन गर्दा नदेखिने नम्बर नेपालमा नियमन बाहिर छन् । नियमनको व्यवस्था बिना नै प्राइभेट मोबाइल नम्बर वितरण हुने गरेको देखिएको हो । नियमन बाहिर हुँदा यस्ता नम्बर आपराधिक कार्यमा प्रयोग भएको हुन सक्ने सम्भावना बढेको छ ।

हाल गृहमन्त्रालय र सञ्चार मन्त्रालयको सिफारिसमा नेपाल टेलिकमले यस्ता प्राइभेट नम्बरहरु वितरण गर्दै आएको छ । उच्चपदस्थ तथा भीभीआईपीहरुलाई दिइने यस्ता नम्बरहरु कति संख्यामा क-कसलाई वितरण गरिएका छन् भन्ने विषयमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई नै गुमराहमा राखिएको छ ।

त्यसो त दुई वर्षअघि नै नियामक प्राधिकरणले यस्ता नम्बरहरुलाई नियमनका ल्याउन छुट्टै कार्यविधि बनाएर स्वीकृतिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको थियो । तर मन्त्रालयले उक्त कार्यविधि थन्क्याएर प्राइभेट नम्बरलाई नियमन बाहिर राख्न खोजेको छ ।नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले यस्ता नम्बर कसको नाममा जारी गर्ने भन्ने विषय कम्पनी आफैंले निर्णय नगर्ने बताए ।

उनले भने, ‘हामीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गृह मन्त्रालय तथा सुरक्षा निकायबाट आएको सिफारिसको आधारमा मात्रै प्राइभेट नम्बरहरु जारी गर्ने गरेका छौं । तर त्यस्ता नम्बर दुरुपयोग भएको भन्ने विषमाय केही भन्न सक्दैनौं ।

यस्तो थियो प्राधिकरणले तयार पारेको कार्यविधि
प्राधिकरणले यस्तो सेवा गृह मन्त्रालयले तोकेका पदाधिकारीलाई मात्र प्रदान गरिने व्यवस्था राखिएको थियो । तर त्यसका लागि कारण खुलाई निवेदन पेश गर्नुपर्ने र गृहमन्त्रालयले त्यसमा आवश्यक निर्णय गरी प्राधिकरणलाई पत्रमार्फत जानकारी गराउनुपर्ने भनिएको थियो ।

यसरी प्राधिकरणको निर्देशन बिना प्राइभेट नम्बरहरु वितरण गर्न नपाउने व्यवस्था कार्यविधिमा प्रस्तावित गरिएको थियो । यस्तो सेवा अधिकतम एक वर्षका लागि उपलब्ध गराउन सकिने र पुनः आवश्यक भएमा दोस्रो पटक निवेदन दिनुपर्ने हुन्थ्यो ।

प्राइभेट नम्बर भए पनि आकस्मिक सेवाका नम्बरमा कल गर्दा भने कलिङ लाइनको पहिचान खुल्नुपर्ने हुन्छ । यो सुविधा एउटा व्यक्तिको मोबाइल वा टेलिफोन नम्बरमा मात्र उपलब्ध गराउनुपर्ने कार्यविधि मस्यौदा उल्लेख छ ।यस्ता नम्बर लिएका व्यक्ति उपर अनुसन्धानका लागि अदालतले आदेश दिएको खण्डमा ती नम्बरको कल सम्बन्धी विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था समेत त्यसमा राखिएको थियो ।

सुरक्षा जोखिम भएका उच्चपदस्थ व्यक्तिलाई मात्र यस्ता नम्बर दिन सकिने र दुरुपयोग हुन नदिने उद्देश्यका साथ नै कार्यविधि ल्याउन खोजिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

के हो प्राइभेट नम्बर ?
कल उठाउने व्यक्तिले कल गर्ने व्यक्तिको नम्बर थाहा नहुने तथा पहिचान नखुल्ने सेवा नै प्राइभेट नम्बर हो ।कलिङ लाइनको पहिचान नखुल्ने सुविधा प्राप्त मोबाइल नम्बर वा टेलिफोन नम्बरबाट कल गर्दा कल उठाउने व्यक्तिको मोबाइल वा टेलिफोनमा प्राइभेट नम्बर वा अननोन नम्बरको रुपमा देखाउने गर्दछ ।

बिहिबार, कार्तिक २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.