काठमाण्डौ २१ भाद्र- एनसेल आजियाटा लिमिटेडले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप चलाउन मिल्नुका साथै बोनस डेटाको फाइदा लिन सकिने छ । कम्पनीले आफ्नो हाल सञ्चालनमा रहेको नन्स्टप युट्युबप्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको जनाएको छ ।
‘प्लस’ थिमअन्तर्गत ल्याइएका यी ननस्टप अफरहरु बिहीबारदेखि सञ्चालनमा आएको एनसेलले जनाएको छ । यस आकर्षक योजनामा ग्राहकले आफूलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरेपछि त्यस प्याकको समय सिमा बाँकी भएसम्म नन्स्टप मजा लिन सक्नेछन् ।युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि नन्स्टप युट्युब प्याक पनि रहेको एनसेलले जनाएको छ । ७ दिन वा ३० दिनको नन्स्टप प्याक खरिद गर्ने ग्राहकका लागि विषेश थप योजना पनि रहेको कम्पनीले जनाएको छ ।
ग्राहकले उल्लेखित नन्स्टप प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र २० कर सहितमात्र २५।५४० मा ३५०० एमबि थप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युबचलाउनको लागि प्रयोग गर्न सक्छन् ।
एनसेल आजियाटाका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकका लागि उनीहरुले मन पराउने सामाजिक सञ्जालमा सहजै पहुँच सुनिश्चित गराउन यी आकर्षक प्याकहरु ल्याएको बताए । “सुलभ शुल्कमा आफ्नो प्राथमिकतामा रहेको सामाजिक सञ्जाल नन्स्टप प्रयोग गर्न पाईने र साथै इन्टरनेटमा अन्य सामाग्री हेर्न पनि थप ४ जीबी डेटा बोनस पाईने सुविधाले ग्राहकमाझ ठूलो महत्व राख्ने कुरामा हामी विश्वस्त छौं ।” उनले भने ।