काठमाडौं। अर्थमन्त्री डा। युवराज खतिवडाको ६ महिने कार्यकाल आइतबार सकिने भएको छ।०७६ साल फागुन २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भएर त्यही दिन सपथ लिएकाले डा खतिवडाको कार्यकाल गर्दा भदौ २१ गते राति १२ बजे समाप्त हुन्छ। संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न मिल्दैन।
डा खतिवडाले केपी ओली नेतृत्वको सरकारमा करिब अढाइ वर्ष अर्थमन्त्रीका रुपमा काम गरे। राष्ट्रियसभामा मनोनित नहुँदै अर्थमन्त्री बनेका उनी दुईवर्षे कार्यकाल पूरा गरेर गत फागुनमा बाहिरिएका थिए। सांसद पद समाप्त भएपछि उनले फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसको भोलिपल्टै २१ गते उनी पुनः अर्थमन्त्रीमा नियुक्त गरिएका थिए।
राष्ट्रियसभामा जान सकेको खण्डमा उनी फेरि अर्थमन्त्रीका रुपमा आउन सक्ने भए पनि राष्ट्रियसभामा रिक्त एक पदमा वामदेव गौतमलाई लैजाने निश्चितप्रायस् भएकाले खतिवडाको राजीनामा निर्विकल्प रहेको आकलन राजनीतिक वृत्तको छ। यसैबीच आज दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले बहुमतका आधारमा वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्दैछ।
