काठमाडौं । फ्यूज मसिन इन्कले स्कूलहरुलाई डिजिटल क्षमता सहित सञ्चालन गर्न शैक्षिक डिजिटलीकरण अनुदान कार्यक्रम सुरु गरेको छ । छानिएका स्कूल तथा कलेजहरुलाई प्रतिसंस्था दुई लाख ५० हजार रुपैयाँसम्मको गैर नगद अनुदान उपलब्ध गराउने गरी यो कार्यक्रम ल्याइएको हो । यस किसिमको अनुदान ‘फ्यूज क्लासरूम प्लेटफर्म’ प्रयोग गर्नमा प्रयोग हुनेछ । फ्यूज क्लासरूमले अहिले कोभिड १९ को प्रभावसँग जुधिरहेका नेपालभरका शैक्षिक संस्थाहरुलाई डिजिटलीकरण गर्न सहयोग पुर्याउँदै आएको छ।
यसले कलेज र विद्यालयहरुलाई पूर्ण रुपमा अनलाइन कक्षा सञ्चालन गर्न तथा मिश्रित विधि प्रयोग गर्न योग्य बनाउनेछ । साथै विद्यार्थीहरुलाई ती शैक्षिक संस्थाले यसअघि दिनसक्ने समयभन्दा फरक समयमा कक्षा लिन सकिने लचकताका प्रदान गर्ने भएकाले यसबाट उनीहरुले पर्याप्त लाभ उठाउन सक्नेछन् ।नेपालजस्ता विकासशील देशका शैक्षिक संस्थाहरुका लागि यसले विद्यार्थीहरुलाई शिक्षा प्राप्त गर्न सजिलो र कम खर्चिलो बनाउँदै प्रभावकारी बनाउन समेत मद्दत गर्ने कम्पनीको विश्वास छ ।
नेपालमा दर्ता भएका र कोभिड १९ भन्दा अगाडि एक सयभन्दा बढी विद्यार्थीहरुका लागि नियमित कक्षा चलाइरहेका जुनसुकै स्कूल यो अनुदान कार्यक्रममा सहभागीता जनाउन सक्नेछन् ।यसका लागि आगामी भदौ ३० गतेसम्म आवेदन दिइसक्नुपर्ने छ। ईमेल गरेर तथा कम्पनीको वेबसाइटमा गएर यस विषयमा थप जानकारी लिन सकिनेछ।
फ्यूज मसिन आर्टिफिसियल इन्टेलिजेन्स(एआई ९कृतिम बौद्धिकता० प्रविधिमा आधारित शिक्षा र प्रतिभा उत्पादनमा अग्रणी कम्पनी हो छ। फ्यूज मसिनको नेपाल, अमेरिका, क्यानडा र डोमिनिकन रिपब्लिक गरी चार देशमा उपस्थिति रहेको छ ।फ्यूज मसिन एआईमा आधारित आफ्नो दक्षताबाट नेपाल र विश्वभरका शैक्षिक संस्थाहरुलाई रुपान्तरण गर्ने अभियानमा जुटेको छ ।