• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीमा शैक्षिक संस्थाको जग्गा अतिक्रमण

कुमारी लक्ष्मी बम/धनगढी, कैलालीमा शैक्षिक संस्थाको जग्गा अतिक्रमण हुने क्रम बढ्दो छ । रामपुर कृषि विश्वविद्यालयमार्फत् सञ्चालित टीकापुरस्थित कृषि क्याम्पसको जग्गा अतिक्रमण हुन थालेको छ । क्याम्पसले आफ्नो जग्गामा तारबार लगाउने क्रममा केही व्यक्तिले टहरा बनाई अवरोध गरेका छन् ।

‘क्याम्पसलाई जग्गा छुट्याउने बेला दुई घर थिए केही दिनमै दुई घर थपिएका छन्’, वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयका सदस्य सचिव कृतिसिंह बमले भने, ‘यसरी दिन प्रतिदिन जग्गा अतिक्रमण बढ्ने हो भने भविष्यमा ठूलो सङ्कट आउँछ ।’ उनका अनुसार क्याम्पसले आफ्नो जग्गामा तारबार गर्न नपाउनु र सरोकारवाला मौन बस्नु भनेको टीकापुरलाई उजाड बनाउने खेल हो ।

उनले बाढी पीडितका नाममा वीरेन्द्रको जग्गा अतिक्रमण भएको बताए । ‘बाढीले बस्न सकिएन, सरकारलाई दबाब दिन भनेर वीरेन्द्रको खेलमैदानमा बसेका मान्छे यतिखेर जग्गा अतिक्रमण गरी बिक्री वितरणमा लागेका छन्’, बमले भने, ‘शैक्षिक संस्थाका जग्गा खाली गर्न स्थानीय राजनीतिक दलले पहल गर्न जरुरी छ ।’

टीकापुरमा माओवादी जनयुद्धका नाममा जग्गा अतिक्रमण गर्ने काम शुरु भएको हो । टीकापुर बहुमुखी क्याम्पसको ३०० बिघा, वीरेन्द्र र खड्ग मेमोरियलको जग्गा अतिक्रमण गरी अव्यवस्थित बसोबास बसेको छ । ‘वर्षौँदेखि सर्वसाधारणलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, सत्यतथ्य छानबिन गरेर समस्याको समाधान गर्नुपर्छ’, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले भने, ‘भोटको राजनीतिमा दलका नेता फँसेका छन्, टीकापुरको बृहत्तर हितभन्दा जनप्रतिनिधि हुनु ठूलो कुरा होइन ।’

वास्तविक भूमिहीन, सुकुम्बासी र मुक्तकमैयाको पहिचान गर्न सरकारले तुरुन्त पहल गर्न जरुरी भएको भन्दै उनले शैक्षिक संस्थाका जग्गा अनाधिकृतरूपमा खरीद बिक्री भइरहेकाले यस बारे स्थानीय सचेत हुन जरुरी रहेको बताए ।

टीकापुर बजारमा जथाभावी ठेला र गुम्ती पसल राख्ने गरिएको थियो । टीकापुर नगरपालिका, उद्योग वाणिज्य सङ्घ र राजनीतिक दल मिलेर गुम्ती पसल र ठेलाले गरेको अतिक्रमण हटाइएको छ । स्थानीय राजनीतिक दल र स्थानीय सरकार गम्भीर हुने हो भने शैक्षिक संस्थाका जग्गा अतिक्रमणको समस्या हल गर्न सकिने टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवर बताउछन् । उनी भन्छन्, ‘१२ वर्षदेखि क्याम्पसको ३०० बिघा जमीन अतिक्रमण छ । नेतृत्वले चाहेको भए समाधान हुन्थ्यो होला ।’

बुधबार, बैशाख १८, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.