• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

लागुपदार्थ ओसारपसारको ‘ट्रान्जिट’ बन्दै कैलाली, एक वर्षमा ८० मुद्दा, १ सय १७ पक्राउ,सेवनकर्तामा अधिक किशोरकिशोरी

धनगढी- गत बिहीबार भारतको गौरिफन्टाबाट प्लाष्टिकमा बेरेर मलद्वारमा लुकाएर ब्राउन सुगर धनगढी भित्र्याउने क्रममा धनगढीका ३७ वर्षीय सन्देश न्यौपाने प्रहरीको फन्दामा परे। उनको उपचारका क्रममा एक सातापछि मृत्यु भयो। पक्राउ परेको दिनदेखि नै अस्पतालमा उपचार भइरहेका उनी लागुऔषध सेवनकर्ता पनि थिए।

गत जेठ १३ गते धनगढी उपमहानगरपालिका(४ स्थित एक होटलमा युवक आदर्श भट्ट मृत अवस्थामा फेला परे। उनी पनि लागुऔषध सेवनकर्ता थिए। प्रहरीले होटलमा सँगै बसेका शंकास्पद दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढायो।

गत बैसाख २३ गते लागुऔषध नियन्त्रण ब्युरोको टोलीले अफिम र चरेससहित बझाङको जयपृथ्वी नगरपालिका(८ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका(४, उत्तरबेहडी बस्ने ४६ वर्षीय काल्चे बोहरालाई नियन्त्रणमा लियो। कैलालीमा पछिल्ला वर्षहरुमा लागुपदार्थ ओसारपसारका घटनामा वृद्धि भइरहेको जनाउन यी केही प्रतिनिधिमुलक घटना मात्रै हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार खुला सिमानाका कारण पनि लागुपदार्थ ओसारपसारमा उल्लेख्य वृद्धि भइरहेको छ।

लागुपदार्थ ओसारपसार सम्बन्धी ८० मुद्दा, ११७ पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चालू आर्थिक वर्ष २०७५र७६ मा लागूपदार्थरऔषध ओसारपसार सम्बन्धी ८० वटा मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामा सबैभन्दा बढी ब्राउन सुगरका मुद्दा छन्। जिल्ला प्रहरी कार्यालयको अभिलेखअनुसार चालू आर्थिक वर्षमा हालसम्म ब्राउन सुगरसम्बन्धी ३० वटा मुद्दा दर्ता भएका छन्।

त्यस्तै, नाइट्रोभेटसम्बन्धी २०, चरेससम्बन्धी १६, स्पास्मोप्रक्सोभनका ९, ट्रमाडोल, गाँजा र फेनारगनका ३र३ तथा अन्य २ थान मुद्दा दर्ता भएका छन्। प्रहरीले लागुपदार्थ ओसारपसारका विभिन्न घटनामा संलग्न एक सय १७ जनालाई पक्राउ गरेको जनाएको छ। जसमध्ये २५ जना हाल जेल सजाय भोगिरहेका छन्। त्यस्तै, ३४ जना धरौटीमा छुटेका छन् भने ४ आरोपी फरार छन्।

चालू आर्थिक वर्षमा लागुपदार्थरऔषध सम्बन्धी विभिन्न घटनामा प्रहरीले ३ किलो ८ सय ३० ग्राम चरेस र ४ किलो एक सय ग्राम गाँजा बरामद गरेको छ। त्यस्तै, एक हजार एक सय ५२ ट्याब्लेट नाइट्रोभेट, ८ सय ७८ ट्याब्लेट स्पास्मोप्रक्सोभन, दुई सय ६१ ग्राम ब्राउन सुगर, १४ ट्याब्लेट फेनारगन, ३५ हजार ३ सय २० ट्याब्लेट ट्रमाडोल र दुई सय ४० ट्याब्लेट अन्य लागुऔषध बरामद गरेको जनाइएको छ।

गतवर्ष भन्दा आँकडा बढ्यो

यो आँकडा गतवर्ष भन्दा बढी हो। कैलालीमा गत आर्थिक वर्ष २०७४र७५ मा लागुपदार्थरऔषधका ७१ वटा मुद्दा दर्ता भएकोमा एक सय ८ जना पक्राउ परेका थिए। २ जना फरार छन्। लागपदार्थरऔषध ओासारपसारका घटनामा पक्राउ परेका मध्ये ५२ जनालाई कारागार पठाइएको थियो भने ५६ जना धरौटीमा छुटेका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार गौरिफन्टा र तिकुनिया नाकाबाट कैलालीमा बढी मात्रामा लागुऔषध भित्रिन थालेको छ। खुला सीमा र बोर्डर नजिकै लागुऔषध सजिलै किनबेच हुने गरेकोले कैलाली र कञ्चनपुरसम्मको क्षेत्र लागुऔषधको ’ट्रान्जिट’ बन्दै गएको प्रहरी अधिकारीहरूको अनुमान छ।

७ देखि १२ कक्षासम्म पढ्ने किशोरकिशोरी दुर्व्यसनमा

नेपालको सरकारी तथ्यांकअनुसार सन् १९७० को दशकदेखि नेपालमा लागुऔषध सेवन गर्नेको संख्या वृद्धि भएको पाइन्छ। नेपालमा अहिले दुई लाखभन्दा बढी लागुऔषधको कुलतमा फसेको अनुमान गरिन्छ। तीमध्ये ८० प्रतिशत सात कक्षादेखि १२ कक्षासम्म पढ्ने किशोरकिशोरी रहेको तथ्यांक छ। लागुऔषध सेवन गर्ने युवतीहरूको संख्या मात्रै करिब ४० हजार पुगेको बताइन्छ।

चुरोट, खैनीसुर्ती, रक्सी, गाँजा खानेबाट सुरु गर्दै डेनलाइट सुँघ्ने र लागुपदार्थ दुर्व्यसनीमा फस्ने गरेको स्थितिमा विशेषगरी लागुऔषधको गिरोहले ११ र १२ कक्षाका युवायुवतीहरूलाई प्रयोग गर्ने गरेको सुरक्षा अधिकारीहरूको दाबी छ ।

खुला सिमाना र अभिभावकहरुको हेलचक्र्याइँ प्रमुख कारण

कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले तराई क्षेत्रमा लागुपदार्थ ओसारपसार र सेवनलाई नियन्त्रण गर्न सचेतना फैलाउन आवश्यक रहेको बताए। उनले भने, ‘खुला सिमानाका कारण लागुपदार्थको कारोबारमा वृद्धि भइरहेको छ।’ उनले यसको नियन्त्रण तथा नियमनका लागि जनचेतनामुलक कार्यक्रम अघि बढाउन आवश्यक रहेको बताए।

उनले भने, ‘अधिकांश विद्यालयका किशोर–किशोरीहरु सेवनकर्ता बन्ने गरेको पाइएको छ। लागुपदार्थको हानी, कानुनमा भएको व्यवस्थालगायतका शिक्षा विद्यालय स्तरबाटै सुरु गर्नुपर्छ।’ उनले किशोर–किशोरीहरु लागुपदार्थको सेवनकर्ता हुनुमा अभिभावकहरु पनि दोषी रहेको धारणा राखे। ‘बजारका अभिभावकहरु बढी व्यस्त भए। छोराछोरीहरु के गर्दैछन् भन्ने ख्याल नगर्दा उनीहरु कुलतको बाटोमा अघि बढिरहेका छन्,’ गिरीले भने।

बुधबार, असार ११, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.