धनगढी , १ असोज / धनगढी उपमहानगरपालिका–३ बडहरामा रहेको पिस ल्याण्ड रिसोर्टले असोज १ गतेदेखि १५ लाख रुपैयाँ बराबरको उपहार योजना सञ्चालन गर्ने भएको छ।
विगत पाँच वर्षदेखि ग्राहकको मन जित्न सफल भएको दाबी गर्दै रिसोर्टले ‘लक्की बिल’ योजना ल्याउन लागेको हो। असोज १ गतेदेखि सुरु हुने उक्त योजनामा निर्धारित संख्यामा बिल पुगेपछि लक्की ड्रमार्फत विजेता छनोट गरिने पिस ल्याण्ड रिसोर्टका सञ्चालक कविन्द्र ऐरले जानकारी दिए।
रिसोर्टमा आउने प्रत्येक ग्राहकले आफ्नो बिल सुरक्षित राख्नुपर्नेछ। लक्की ड्रबाट विजेता घोषणा भएपछि पुरस्कार प्राप्त गर्नका लागि सम्बन्धित बिल पेस गर्नुपर्ने सञ्चालक ऐरले बताए।
पिस ल्याण्ड रिसोर्टमा तन्दुरी चिकेन, तन्दुरी फिस, विभिन्न फास्ट फुड, चाइनिज तथा इन्डियन परिकार उपलब्ध रहेको रिसोर्टले जनाएको छ।
त्यस्तै, रिसोर्टमा प्राइभेट स्विमिङ पुल, प्राइभेट हल, प्राइभेट गेस्ट रुम र प्राइभेट क्याबिनको सुविधा रहेको छ। ग्राहकको सहजताका लागि पर्याप्त पार्किङको व्यवस्था समेत गरिएको रिसोर्टले जनाएको छ।
असोज १ गतेदेखि सुरु हुने उपहार योजनामा सम्पुर्ण ग्राहकलाई समयमै सहभागी हुन रिसोर्टका सञ्चालक ऐरले अनुरोध समेत गरेका छन्।