डोटी,१ असोज / भालुको आक्रमणबाट डोटीमा दुई जना घाइते भएका छन् ।
बिहीबार बिहान पुर्वीचौकी गाउँपालिका–२ मा दुई छुट्टाछुट्टै स्थानमा भालुले आक्रमण गर्दा दुई जना घाइते भएका हुन् ।
कालीका आधारभूत विद्यालय, भारतोलीमा शिक्षक २५ वर्षीय हरिप्रसाद चौधरीलाई आक्रमण गरी घाइते वनाएको छ । अन्दाजी साढे ६ बजेतिर बाटोमा हिँडिरहेकै बेला आक्रमणमा परेका उनको पेटमा चोट लागेको भारतोली माध्यमिक विद्यालयका शिक्षक भीमबहादुर वलीले जानकारी दिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
यस्तै, सोही वडाको वाडीका अन्दाजी ६३ वर्षीया दानबहादुर ओलीलाई पनि सोमबार बिहानै आक्रमण गरेको थियो । जङ्गली जनावरबाट बालीनालीको रेखदेख गर्न खेतमा बनाइएको पहरामा श्रीमतीसहित रातभर कुरेका ओलीलाई घर फर्कने क्रममा बिहान करिब साढे ५ बजेतिर भालुले आक्रमण गरेको थियो।
उनको पेटमा र दायाँ खुट्टामा गम्भीर चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको छ ।