धनगढी, १ असोज / सुर्नया–४, तल्लिबरायलका नरबहादुर महरा मस्तिष्कसम्बन्धी पुरानो समस्या फेरि बल्झिएपछि कैलाली अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकले शल्यक्रिया (अप्रेशन) गर्नुपर्ने बताएका छन्।
अस्पताल प्रशासनका अनुसार महराको उपचार तथा शल्यक्रियाका लागि करिब ८ देखि १० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ। तर, परिवारको आर्थिक अवस्था कमजोर रहेकाले आवश्यक रकम जुटाउन नसक्दा उनको उपचारमा समस्या भइरहेको परिवारले जनाएको छ।
आर्थिक अभावका कारण उपचार रोकिने अवस्था आउन सक्ने भएपछि अहिले नरबहादुर महराको जीवनरक्षाका लागि सहयोगको अपिल गरिएको छ। लामो समयदेखि मस्तिष्कसम्बन्धी समस्यासँग जुध्दै आएका महराको उपचारका लागि ठूलो रकम आवश्यक परेपछि परिवारले आफन्त, इष्टमित्र तथा सहयोगी मन भएका सम्पूर्ण महानुभावहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गरिदिन आग्रह गरेका छन्।
सानो सहयोगले पनि उपचारमा ठूलो राहत पुग्न सक्ने भन्दै महराको प्राणरक्षाका लागि सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ।
सहयोग गर्न चाहने महानुभावहरूले काशी साउँदको ई–सेवामा सहयोग रकम पठाउन सक्नुहुनेछ। थप जानकारी तथा सहयोगका लागि सम्पर्क नम्बर ९७४३५९८१९० मा सम्पर्क गर्न सकिनेछ।
ई-सेवा :-
