धनगढी । बैतडीको पाटनमा भ्यान दुर्घटना भएको छ।जिल्लाको पाटन नगरपालिका वडा न ४ स्थीत गँगो मोडमा बुधबार बिहान सु प प्र ०१००१ च ४१२८ नम्बरको भ्यान दुर्घटना भएको हो।दुर्घटनामा परि ३ जना घाइते भएका छन्।
घाईते हुनेमा पाटन ४ का चालक ४२ वर्षीय मानध्वोज भट्ट,३८ वर्षीय रमेश भट्ट र ६५ वर्षीय जयराज भट्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।
घाइते तिनै जनालाई डडेल्धुरा अस्पताल पठाइसकेको बताइएको छ।खोल्सी बाट पाटन जादै गरेको भ्यान भित्री कच्चि सडकखण्ड अन्र्तगत गँगो मोडमा दुर्घटनामा परेको हो।
भ्यान सडक बाट करीब ८० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुलेको छैन।थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।