धनगढी, ७ असोज / धनगढीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको संयोजनमा नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच विशेष छलफल सम्पन्न भएको छ। छलफलमा उपलब्ध केन्द्रीय सदस्यहरू, सुदूरपश्चिम प्रदेशका कार्यवाहक सभापति, संघीय सांसदहरू, प्रदेश मन्त्रीहरू, कैलाली र कञ्चनपुरका जिल्ला सभापतिहरू, प्रदेश सांसदहरू साथै प्रदेश समिति र जिल्ला समितिका पदाधिकारीहरूको सहभागिता थियो।
बैठकमा राष्ट्रिय राजनीतिको निकासका लागि आवश्यक कदम र कांग्रेसभित्रको आन्तरिक एकतालाई अझ मजबुत बनाउने विषयमा गम्भीर बहस गरिएको बताइएको छ। सहभागी नेताहरूले एकताबद्ध ढंगले पार्टीलाई मजबुत बनाउन निरन्तर संवाद र सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
छलफलमा मुख्यमन्त्री शाहले, वर्तमान अवस्थालाई सहज बनाउनु हामी सबैको बिशेष भूमिका रहन्छ,त्यसैले सबै मिलेर अगाडी बढ्नु पर्ने बताए ।