धनगढी, ६ असोज / नेपाल तरुण दल धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ का युवाहरूले कैलाली कारागारलाई कम्प्युटर (डेस्कटप) हस्तान्तरण गरेका छन्।
जेन जेड आन्दोलनपछिको परिस्थितिले कारागार प्रशासनलाई नियमित कार्य सञ्चालनमा असहज पारेको भन्दै सेवासुविधा सहज बनाउनका लागि कम्प्युटर हस्तान्तरण गरिएको तरुण दलका एक प्रतिनिधिले जानकारी दिए।
उनका अनुसार कारागारमै पुगेर जेलरलाई सो कम्प्युटर हस्तान्तरण गरिएको हो।