धनगढी, ३१ भदौ / भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको अकल्पनीय घटनाले देश नै विछिप्त रहेको बताएका छन्। आज सुदूरपश्चिमका सरकारका मातहतका मन्त्रालय र अन्य सरकारी कार्यालयको क्षतिबारे मुख्यमन्त्री मन्त्री कमल बहादुर शाहले अनुगमन गरेका थिए।
अनुगमन पछि सञ्चारकर्मी सँगै कुरा गर्दै भने मुख्यमन्त्री शाहले भने, ‘जेन जी’ आन्दोलनको दुखदायी घटनाले हामी सबै दुखित छौं। भौतिक संरचनामा भएको क्षतिले सेवा प्रवाह गर्न केही कठिनाई पक्कै छ, तर पनि हामी सबै मिलेर जति सक्दो छिटो सेवा दिने प्रयासमा रहेको बताए।
मुख्यमन्त्री शाहले, “हामी तपाईं मिलेर कसरी यी समस्याहरु समाधान गर्न सक्छौँ सबैले लाग्नु पर्ने बताए । देश विषम परिस्थितिमा भएता पनि हामीले हाम्रा कार्यालयहरु छिटो भन्दा छिटो सञ्चालन गर्न संयन्त्रहरु खटाइएको जानकारी दिए । ”
यो अवस्थामा मूलुकलाई पुनर्निर्माण गर्न सबैले आ-आफ्नो तह र तप्काबाट लाग्न समेत मुख्यमन्त्री शाहले आग्रह गरे।
मुख्यमन्त्री शाह, मन्त्री, कर्मचारी र सञ्चारकर्मी लगायतको सिङ्गो टोलीले धनगढी स्थित मन्त्रालय, प्रदेश सरकार मातहतका कार्यालय र अन्य सरकारी कार्यालयको क्षतिबारे अनुगमन गरेको थियो। अनुगमन क्रममा सेवा प्रवाह गर्न सबै कार्यालयले तदारुकता देखाएता पनि केही समय लाग्न सक्ने देखिन्छ। जिल्ला प्रशासन कार्यालय कैलालीले भने अति आवश्यक सेवा भदौ २९ बाटै सुरु गरेको छ ।
यस्तै अन्य केहि कार्यालयले केही दिनमा सेवा दिन सक्ने बताएता पनि यातायात, जिल्ला अदालत लगायत केही कार्यालयमा भने महिना दिनभन्दा बढी नै लाग्ने अनुमान गरिएको छ।
