धनगढी । डडेल्धुराको नवदुर्गा गाउँपालिका(५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन्।
गयराति भएको आगलागीबाट कार्यालयका महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टरलगायतका सामग्री जलेर नष्ट भएका छन् ।
वडा अध्यक्ष प्रेमसिंह ऐरका अनुसार आगजनी कसले गरेको हो भन्नेबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन।उनका अनुसार कार्यालयमा रहेका दैनिक प्रशासनिक कामका कागजात जलेर नष्ट हुँदा सेवाग्राहीलाई समस्या पर्ने देखिएको छ।