काठमाडौँ, २३ भदौ / सामाजिक सञ्जालमाथि नेपाल सरकारले लगाएको प्रतिबन्ध र माइतीघरमा ‘जेन जी’ युवाहरूले सञ्चालन गरेको शान्तिपूर्ण आन्दोलनमाथि भएको दमनप्रति प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले घोर आपत्ति जनाएको छ।
प्राज्ञिक विद्यार्थी परिषद्का महासचिव दिनेश कार्कीको हस्ताक्षरित विज्ञप्तीमा प्रहरी गोली लागेर दर्जनौँ युवाको मृत्यु र सयौँ घाइते हुनु दुखद र अकल्पनीय भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जलि र घाइतेप्रति स्वास्थ्यलाभको कामना गरिएको छ।
युवामाथि भएको दमनप्रति सरकार पूर्ण रूपमा जिम्मेवार रहेको ठहर परिषद्ले प्रधानमन्त्री तथा गृहमन्त्रीको तत्काल राजीनामा माग गरेको छ। साथै आन्दोलनलाई दुरुपयोग गर्ने शक्तिबाट सजग रहँदै लोकतान्त्रिक पद्धतिबाट अघि बढाउन युवाहरूप्रति आग्रह गरेको छ।

