धनगढी,२१ भदौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो संस्करणको ट्रफी टुर गर्ने भएको छ।आज विराटनगरबाट शुरू हुन लागेको ट्रफी टुर सुदूरपश्चिमसम्म पुग्नेछ।
एनपीएलको ट्रफीलाई ग्लोबल वार्मिङ र वातावरण संरक्षणसँग जोडिएको क्यानका सचिव पारस खड्काले बताएका छन्।कोशी प्रदेशको टोली विराटनगर किङ्ग्सबाट शुरू हुने ट्रफी टुर त्यसपछि पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सको प्रदेश मधेश पुग्नेछ।
मधेशबाट चितवन राइनोज हुँदै काठमाण्डौ गोर्खाजले राजधानी काठमाण्डौमा भित्र्याउनेछ।त्यसपछि पोखरा, लुम्बिनी, कर्णाली हुँदै सुदूरपश्चिम प्रदेश पुग्नेछ।सुदूरपश्चिम रोयल्सले ट्रफी टुर गरेसँगै टुर सकिनेछ।
कालापत्थरबाट ल्याइएको ढुङ्गा राखिएको ट्रफी हिजो कीर्तिमानी पर्वतारोहीहरु फुन्जु जाङ्मी, मिङ्गमा ग्याल्जे शेर्पा र मिङ्गमा डेबिट शेर्पाले ट्रफी सार्वजनिक गरे।
नेपाल क्रिकेट सङ्घ ९क्यान० का अनुसार एनपीएल आउँदो मङ्सिर एक गतेदेखि २७ गतेसम्म अर्थात् ९नोभेम्बर १७ देखि डिसेम्बर १३०० तारिखसम्म चल्नेछ।यो पटक पनि पहिलो संस्करणमा जस्तै आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।