• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

ऐतिहासिक वस्तु अलपत्र

 धनगढी,२० भदौ । हुलाक टिकट, नगरपालिकाको लोगो र पुरातात्त्विक विभागको संरक्षण सूचीमा रहेको पञ्चदेवलमा भेटिएका ऐतिहासिक ढाल–तरबार, आम्खोरा, गाग्री, माटोका भाँडा, धान र सुनचाँदी जस्ता वस्तुको संरक्षण र अनुसन्धान नहुँदा धर्मशालामा अलपत्र छाडिएको  छ ।

दशरथ चन्द नगरपालिका–४, देवलहाटमा रहेको पञ्चदेवलमा भेटिएका ऐतिहासिक शिलालेख, ढाल तरबार, सुनचाँदी र माटाका भाँडाकुँडाको संरक्षण गर्ने निकाय नहुँदा देउतालाई साक्षी राखेर शिवमन्दिरको धर्मशालामा राखिएको स्थानीयवासी ईश्वरीदत्त भट्टले बताउनुभयो । आम्खोरामा भेटिएको धान र त्यसभित्र सुन/चाँदी भेटिए पनि धान भने मुसाले खान थालेको उहाँले बताउनुभयो ।

पुरातत्व विभागले पञ्चदेवलको जीर्णोद्धार एक दशकअघि ऐतिहासिक शिलालेख, सुनचाँदी र ढाल–तरबारलगायतका वस्तु फेला परे पनि अहिलेसम्म गणना गरेर नम्बर राख्ने काम हुन सकेको छैन । सखर वास्तुशैलीमा निर्मित पञ्चवेदमा फेला परेका वस्तु कुन समयमा कसले राखेको हो ? भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । देवलमा भेटिएका ऐतिहासिक वस्तु स्थानीय तहको सरकारले संरक्षण गर्नुपर्ने पुरातत्व विभागका सङ्ग्रहालय अधिकृत एवं सूचना अधिकारी पुरुषोत्तम आचार्यले बताउनुभयो  ।

उहाँले भन्नुभयो, “पञ्चदेवल पुरातत्व विभागको संरक्षण सूचीमा राखेर अध्ययन अनुसन्धान गर्ने काम भए पनि स्थानीय तहको सरकारले सङ्ग्रहालय निर्माण गरेर ऐतिहासिक वस्तुको संरक्षण गर्नु पर्छ ।” पञ्चदेवललाई दशरथ चन्द नगरपालिकाले आफ्नो लोगोमा राखेको भए पनि ऐतिहासिक वस्तुको संरक्षणमा भने कुनै कार्यक्रम सञ्चालन गर्न सकेको छैन । नगरपालिकाको वन, वातावरण तथा पर्यटन शाखा प्रमुख अमर कार्कीले चालु आर्थिक वर्षमा छलफल गरेर कार्यक्रम बनाउने जानकारी दिनुभयो ।

स्थानीयका अनुसार पाण्डकालीन समयमै एकै रातमा निर्माण भएको पञ्चदेवल पाण्ड वनबास जाँदा निर्माण भएको भनाइ छ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले पञ्चदेवदको निर्माण १४ औँ शताब्दीमा श्रीदेवीको अगुवाइमा भएको दाबी गर्नुभयो  । उहाँले पञ्चदेवलको निर्माण साके संवत् १४२१ मा श्रीदेवीले आफ्ना पुत्र गरुड (ज्ञान) चन्दको स्मृतिमा निर्माण गरेको बताउनुभयो । यो विषय आफूले पुरातात्त्विक स्रोतबाट प्राप्त प्रमाणका आधारमा १७ वर्ष अनुसन्धान गरेर ‘दी हिस्ट्री अफ मिडिभल डोटी’ (मध्यकालीन डोटी राज्यको इतिहास–सङ्क १२३५–१७१२) नामक अङ्ग्रेजी भाषाको पुस्तकमा समेत उल्लेख गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पञ्चदेवल पाण्डवले बनाएको होइन । यो त बैतडीकै श्रीदेवीले निर्माण गर्न लगाएको हो । तत्कालीन डोटीका राजा रिपु मल्लले गरुड चन्दको हत्या गरेपछि उहाँकी आमा श्रीदेवीले हातहतियार र खरखजाना सुरक्षित राख्ने उद्देश्यले देवलको निर्माण गर्नुभएको थियो । खरखजानामा कछुवाको खप्परसमेत थियो, जुन अर्घ दिने बेला प्रयोगमा ल्याइन्थ्यो ।” उहाँले अगाडि भन्नुभयो, “गरुड चन्दको नाम ज्ञान चन्द भए पनि आकाशमा उडिरहेको गरुडलाई वाण हानेर खसाल्न सफल भएका कारण तत्कालीन मुगल सम्राट् जाहगिरले गरुड चन्दको उपाधि दिएका थिए ।”

शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.