धनगढी, २२ चैत
धनगढी उप–महानगरपालिकाले तीन घण्टा मात्रै अतिआवश्यकिय खाद्यान्न र तरकारीका पसलहरु खोल्न दिने भनेर धनगढी उप–महानगरपालिका, उद्योग बाणिज्य संघ कैलाली, किराना ब्यावसायी संघ, दुग्ध ब्यावसायी संघ, तरकारी ब्यावसायी संघ, डिपार्टमेन्ट स्टोर ब्यावसायी समिति लगायत सरोकारवालाहरुको बैठकले गरेको निर्णयलाई अपब्याख्या गरेर नगरवासीलाई त्रसित नबनाउन आग्रह गरेको छ ।
शनिवार अपील जारी गर्दै यस्तो आग्रह गरिएको छ । अपीलमा भनिएको छ, हिजो २०७६ साल चैत २१ गते धनगढी उप–महानगरपालिका, उद्योग बाणिज्य संघ कैलाली, किराना ब्यावसायी संघ, दुग्ध ब्यावसायी संघ, तरकारी ब्यावसायी संघ, डिपार्टमेन्ट स्टोर ब्यावसायी समिति लगायत सरोकारवालाहरुको बैठकले अति आवश्यक दैनिक उपभोग्य खाद्य तथा तरकारी पसलहरु दिनभरी नै खुला रहेकाले बिहान ६ बजे देखि ९ बजे सम्म मात्रै संचालन गर्न दिने बाँकी समय पूर्ण रुपमा बन्द गर्ने भनि गरेको निर्णयलाई केहि मिडिया, ब्यक्तिले अपब्याख्या गर्दै उप–महानगरपालिकाले पसल खुला गर्ने निर्णय गरेको छ भन्ने किसिमका भ्रम फैलाउने , सर्वसाधारणलाई त्रिसित गराउने काम गरिराखेकाले यसमा बिश्वास नगर्न र सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न नगरवासीमा अनुरोध गर्दछौं ।
दैनिक उपभोग्य सामाग्रीहरुको होमडेलीभरी गर्ने ब्यबस्था ब्यापारीहरु संग नभएकाले पूर्ण रुपमा खाद्यान्नका पसलहरु बन्द गरेमा त्यसले थप संकट सिर्जना हुने देखेर ३ घण्टा खाद्यान्न र तरकारीका पसल खोल्ने निर्णय भएको हो अपीलमा भनिएको छ, यसले पनि लकडाउनको पालना गर्ने कुरामा सुधार नआएमा पुनः बसेर पूर्ण रुपमा खाद्यान्न र तरकारीका पसलहरु समेत बन्द गर्ने सहमती भएको ब्यहोरा पनि नगरवासीमा जानकारी गराउन चाहन्छौं ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) फैलिन नदिन उच्च सतर्कता अपनाउनु आवश्यक छ । यसको जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरालाई बुझेर उप–महानगरको श्रोत साधनले भ्याए सम्म सतर्कताको पूर्वतयारीमा जुटेको ब्यबहोरा सादर निवेदन गर्दछौं । अपीलमा भनिएको छ ।
सतर्कताको कार्यमा सबै क्षेत्रबाट सहयोग पुगिरहेको छ । अझैपनि उप–महानगरपालिका आ–आफ्नो ठाउँबाट सहकार्य र समन्वयलाई निरन्तरता दिनहुन राजनितिकदल नगरबासी, स्थानीय प्रशासन र राष्ट्र सेवक सुरक्षाकर्मीहरु, नेपाल रेडक्रस सोसाईटी धनगढी,ब्यापारी लगायतका सामाजीक संघसंस्थाहरु संग समेत हार्दिक अपिल गरिएको छ ।
३ घण्टा पसल खोल्ने कुरालाई अपब्याख्या गरेर त्रास नफैलाउन उप–महानगरपालिकाको आग्रह
३ घण्टा पसल खोल्ने कुरालाई अपब्याख्या गरेर त्रास नफैलाउन उप–महानगरपालिकाको आग्रह
