धनगढी, १८ पुस / कैलाली बहुमुखी क्याम्पसको हिउँदे बिदा सुचना सार्वजनिक गरिएको छ। क्याम्पस प्रशासनले मिति २०८२ पुस २३ गतेदेखि माघ ०७ गतेसम्म क्याम्पसमा बिदा रहने जनाएको छ।
विश्वविद्यालयको बिदासम्बन्धी प्रावधान अनुसार उक्त अवधिमा पठन–पाठन लगायतका नियमित शैक्षिक गतिविधि स्थगित रहने क्याम्पसले जनाएको छ। तर, बिदाको अवधिमा क्याम्पसका प्रशासनिक कार्य भने बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ।
यसैबीच, सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालित सबै परीक्षा भने पूर्वनिर्धारित तालिका अनुसार यथावत् सञ्चालन हुने स्पष्ट पारिएको छ।
क्याम्पस प्रमुख डा. लोक बहादुर बिष्टद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबै विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई जानकारी गराइएको छ।
