• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाजुरा र मुगुलाई जोड्ने झोगुला पक्की पुल निर्माणको काममा ढिलाइ

धनगढी । बाजुरा र मुगुलाई जोड्ने झोगुला पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । बाजुरादेखि मुगु रारा हुँदै कर्णाली प्रदेशका सबै जिल्ला जोडिने गरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले कर्णाली नदीको झोगलामा पक्की पुल निर्माणका लागि झण्डै १४ करोड ४९ लाख रकम विनियोजन गरेको थियो ।

बाजुराको हिमाली गाउँपालिका र मुगुको खत्याड गाउँपालिकाको बिचमा पर्ने कर्णाली नदीस्थित झोगुलामा पक्की पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको हो ।

२०८१ साल मङ्सिरमा काम सम्पन्न गर्ने गरी २०७९ साल मङ्सिरमा कुशेश्वर कन्ट्रक्सन प्रालिले १४ करोड ४९ लाखमा सो पुल निर्माणका लागि सम्झौता गरेको थियो ।

यहाँ केही वर्ष पहिला झोगुलामा बेलिब्रिज पुल निर्माण गरिएको थियो । अहिले यही पुलदेखि बाजुरा र मुगुमा यातायातका जिप ट्याक्र टक लगायतका सवारी साधन सुचारु हुने गरेका छन् ।

पक्की पुल निर्माणको काम चाँडो भइदिएको भए यहाँ चल्ने सवारी साधनलाई थप सहज हुने स्थानीयवासी बताउँछन् ।

२०७८ सालमा सम्झौता भए पनि सरकारले डिजाइन स्टिमेट निर्माण गर्दा निकै ढिलाइ गरेपछि पुल निर्माण कार्यमा ढिला भएको कुशेश्वर कन्ट्रक्सन प्राली काठमाडौँका ठेकेदार जयराज घलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अरुभन्दा कर्णाली नदीमा पुल निर्माण गर्न निकै गाह्रो छ । बर्खा पानीको बहाव बढ्छ । हिउँदमा आएर पानीको बहाव घट्छ । अर्को यहाँ काम गर्दा केही समान बिग्रियो भने पनि त्यो समान सपारेर यहाँसम्म पुर्‍याउन तीन चार महिना लाग्छ ।”

अहिले एक वर्षको म्याद पुन थप गरेको छ । आगामी २०८२ सालको चैतभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी यतिबेला काम भइरहेको ठेकेदार घलेले बताउनुभयो ।

यो योजना प्रदेश सरकारबाट आएकाले यसको काम कहिले सुरु भएको हो, कहिलेसम्म काम सम्पन्न गर्नुपर्ने हो त्यो सबै कुरा पूर्वाधार विकास कार्यालयलाई मुगुलाई नै थाहा हुने खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर मल्लले बताउनुभयो ।

यता झुगलामा पक्की पुल निर्माण भएसँगै सुदूरपश्चिमका नौ वटै जिल्लाका स्थानीयलाई बाजुरादेखि रारा जान निकै सहज हुने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले यहाँ बेलिब्रिज छ । त्यसैबाट बाजुरादेखि मुगुसम्म स्थानीय आउजाउ गर्ने गरेका छन् ।”

पक्की पुल निर्माणको चाँडो भइदिएको भए यहाँका स्थानीय व्यापारी तथा बाहिरबाट आउने पर्यटकलाई थप निकै सहज हुने अध्यक्ष मल्लले बताउनुभयो ।

सम्झौता भए अनुसार सो कम्पनीले त्यस ठाउँमा एक सय पाँच मिटर लम्बाइ पक्की पुल निर्माणका लागि कम्पनीले १४ करोड ४९ लाख रुपियाँमा सम्झौता गरेको छ ।

ठेकेदार कम्पनीले यो सम्झौता गरे अनुसारको काम सम्पन्न नगरेकाले अहिले फेरि म्याद थपेको छ । अहिले एक पिल्लरको काम सकेर अर्को बिचको पिल्लरको काम सुरु भएको पूर्वाधार विकास कार्यालय मुगुले जनाएको छ  ।

बुधबार, मङि्सर १०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.