धनगढी, ८ मंसिर / कैलालीको घोडाघोडी नगरपालिकामा भोलि (मंगलबार) सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै थारु समुदायको विशेष पर्व लवाङ्गी पूजाको अवसरमा बिदा दिइएको उल्लेख छ ।
बिदाको दिन नगरपालिका अन्तरगतका सबै कार्यालय, संघ संस्था तथा शिक्षण संस्थामा स्थानीय बिदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी सूचनामा जनाइएको छ ।
