• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बजार नपाउँदा घरमै थन्कियो प्याज

धनगढी ।बाजुराको ओलेनावासी लामो समय देखि प्याज खेती गर्दै आएका छन् । उनीहरु कात्तिकदेखि प्याज लगाउने र असारमा निकाल्ने गर्छन् ।

यहाँका किसानले उत्पादन गरेको आर्गानिक प्याज मार्तडीको बजारमा बिक्री हुने र त्यसैबाट प्राप्त भएको रकमले उनीहरू घरपरिवार पाल्ने गर्दछन् । यो वर्ष भने यहाँका किसानले उत्पादन गरेको प्याजले कतै बजार पाउन सकेको छैन । बजार नपाउँदा अहिले यहाँको प्याज गाउँमै थन्किँदै आएको छ । यसरी लामो समय घरको कोठामा प्याज थन्किदै आएको प्याज यती बेला सड्न थालेको छ ।

कोठामा थन्क्याएर राखेको प्याज सड्न र सुक्न थालेपछि उनीहरूले अहिले त्यो प्याजलाई फेरि घरको पर्खालमा झुण्ड्याउन थालेका छन् ।

प्याज जोगाउनका लागि उनीहरूले एक डोरीको सहायताले घरको पर्खालमा झण्ड्याउने गरेका हुन् । कोठामा राख्दा प्याज कुहिन थालेपछि यती बेला घरको पर्खालमा झुण्ड्याउने गरेको बडीमालिका नगरपालिका-४, ओलेनाका स्थानीय कमल नाथले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ओलेनामा झण्डै १२ घरपरिवारको बसोवास छ । यी सबै परिवारले प्रत्येक वर्षमा प्याज खेती गर्ने गर्दछन् । एक परिवारले कम्तीमा पनि पाँच क्विन्टल प्याज उत्पादन गर्दछन् । अहिले हाम्रो झण्डै असी क्विन्टल प्याज उत्पादन भएको छ । त्यो प्याज अहिले घरमा जम्मा छ ।”

पहिलादेखि अहिलेसम्म तरकारी खेती गर्दै आएका छौं । तरकारी खेतीले हामीले घरपरिवार पालन पोषण गर्ने गरेका थियौैँ । अहिले यो प्याजले कतै बजार नपाउँदा यो वर्ष हामीलाई निकै समस्या भएको नाथले बताउनुभयो ।

ओलेना केही समय पहिला तरकारी खेती उत्पादन गर्ने एक उत्कृष्ट ठाउँको रूपमा चिनिँदै आएको थियो । अहिले पनि यो ठाउँका किसानले तरकारी खेती गर्दै आएका छन् । तर पछिल्लो समय यहाँको तरकारी कतै बिक्री नहुने गरेपछि उनीहरू अब कसरी पेट पाल्ने भन्ने चिन्तामा छन् ।

यहाँका किसानले गत जेठ असारको महिना झण्डै ८० क्विन्टल प्याज निकालेर घरमा थन्क्याएका छन् ।  त्यो प्याज अहिलेसम्म कतै बिक्री हुन सकेको छैन । अहिले यो प्याज लामो समय कसरी राख्ने भन्ने उनीहरूमा थप चिन्ता भएको छ ।

पाँच महिना उनीहरू प्याज घरको कोठामा राख्दै आएका थिए । त्यहाँ लामो समयसम्म प्याज राख्दा केही सडेको र केही सुकेर खेर गएपछि अहिले उनीहरूले बाँकी रहेको त्यो प्याज आफ्नो घरको पर्खालमा झुण्ड्याउँदै आएका छन् ।

उसो त यहाँको प्याज मात्र बिक्री नभएको होइन । जिल्लाको हिमाली , स्वामिकार्तिक खापर गाउँपालिकामा  उत्पादन भएको अर्गानिक प्याजले समेत बजार पाएको छैन । यहाँका स्थानीयले तहले निर्माण गरेका चिस्यान केन्द्र अझै सञ्चालनमा छैन् । ती चिस्यान केन्द्र सञ्चालनमा आएको भए पनि उनीहरूलाई केही महिनाका लागि त्यसमा प्याज स्टोर गर्न सहज हुन्थ्यो ।

बाजुरामा उत्पादन भएको तरकारी तथा फलफूललाई बजार सम्म पुर्‍याउन हामीले ढुवानीका लागि अनुदानको व्यवस्था बाहेक अरु केही गर्न नसकिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्षमा यहाँका केही स्थानीय तहमा प्याज राम्रो उत्पादन भएको छ । तर त्यो प्याजले समयमा बजार पाएन । बजार नपाउँदा यहाँ किसानले उत्पादन गरेको त्यो प्याज यती बेला त्यसै खेर जाने अवस्थामा छ ।”

प्याज यति हेक्टरमा लगाउने गरेको यति क्वीन्टल प्याज उत्पादन हुन्छ भन्ने कुराको खासै तथ्याङ्क नभएपनि यो वर्ष जिल्लाका विभिन्न ठाउँमा झण्डै एक हजार भन्दाबढी प्याज भएको आँकलन गर्न सकिन्छ । यो प्याज पनि अँझै बिक्री हुन सकेको छैन् । कतै बजार पाएमा हामीले यहाँका किसानलाई ढुवानीका लागि अनुदानको व्यवस्था गर्न तयार भएको साहनीले बताउनुभयो ।

मङ्गलबार, मङि्सर ०२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.