कैलाली, २७ कार्तिक / भारतको शाहजहाँपुरमा सवारी दुर्घटनामा परि गम्भीर घाइते भएकी टिकेश्वरी बि.क. (टुल्कु)को उपचारका क्रममा असामयिक निधन हुँदा सुदूरपश्चिमेली नेपाली समुदाय गहिरो शोकमा पारेको छ। स्वर्गीय टिकेश्वरी बि.क. आमाको भर पर्ने एकमात्र सहारा थिइन्।
आर्थिक तथा मानसिक कठिन परिस्थितिमा रहेका परिवारलाई सहयोग पुर्याउन सुदूरपश्चिमेली नेपाली समाज–भारत, महाराष्ट्र राज्य समितिका कोषाध्यक्ष विष्णु साउँदको विशेष पहलमा सहयोग अभियान सञ्चालन गरिएको छ ।
उक्त अभियानमा समाजसेवी अर्जुन बि.क.,धनबहादुर बि.क.(रून्छे)को सक्रिय सहकार्यसहित भारतका विभिन्न राज्यमा रहेका नेपालीहरुबाट सहयोग संकलन गरिएको छ ।
सहयोग अभियानमार्फत संकलित रु ३६ हजार ६ सय ७५ रकम सुदूरपश्चिमेली नेपाली समाज भारतका केन्द्रीय संरक्षक दीपक प्रकाश मल्ल र महासचिव कबिराज पाण्डेयले मृतकका घरमा पुगेर हस्तान्तरण गरेका छन्।
सहयोगी दाताहरूमा दीपक बी.क., सुरेश ब. सार्की, योशदा साउद, धनबहादुर बी.क., लक्ष्मी बी.क. वीरबहादुर कामी, बीरू बीबस, राम सार्की, प्रकाश सार्की, पवन बी.क., अमरभूमि, सुरेशबहादुर कामी, गगन साउद, सुमन खड्का, जीतेन्द्र बी.क., कीसन बीरही, जुहारी वड, गोपाल बिशोर्मा, मनीष टमट्टा, बिनोद बी.सी., सरस्वती बी.क., रूपा सुनार, रुकुम बी.क., मीना बी.क., जगत कामी (रेडियो नेपाल), महादेव भट्ट, तुलाराम बी.सी., गणेश बी.क., राम ब. बी.क., लालप्रेम बी.क., संयोजक, निराजन बी.क., हीमा बी.सी., दीपक प्रकाश मल्ल र कबिराज पान्डे रहेका छन् ।