• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पश्चिम सेती परियोजना तीन हजार घरधुरी विस्थापित हुने

 धनगढी । आठ सय मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना भारतीय कम्पनीले निर्माण गर्ने करिब निश्चित भएको छ । निर्माणको जिम्मा पाएको एनएचपिसी कम्पनी लिमिटेडले बिहीबार प्रभावित क्षेत्र बैतडीको ढुङ्गाड क्षेत्रका स्थानीयसँग वातावरणीय प्रभाव मूल्याङ्कन मसौदामाथि सार्वजनिक सुनुवाइ गरेको छ ।

प्रारम्भिक अध्ययन र स्थानीयका अनुसार बैतडी, डोटी, डडेलधुरा र बझाङ गरेर चार जिल्लाका तीन हजार ३१ परिवार विस्थापित हुने देखिएको छ ।

परियोजनाबारे भारतीय कम्पनी एनएचपिसीले भौगर्भिक, प्राविधिक, सामजिक, आर्थिक तथा वातावरणीय पक्षको प्रारम्भिक अध्ययन सकेर मसौदा तयार गरेको छ । सो मसौदामाथि सार्वजनिक सुनुवाइ कार्यक्रमका लागि चार वटै जिल्लाका समन्वय समिति प्रमुख, जिल्लास्थित वन र नापी कार्यालयका प्रतिनिधिलाई बोलाइएको थियो ।

सार्वजनिक सुनुवाइमा सहभागी हुनुभएका जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले लामो समयको प्रतीक्षापछि पश्चिम सेती परियोजना बन्ने कुरा सुनिश्चित भएको बताउनुभयो ।

कार्यक्रममा सिगास गाउँपालिका–५, र ६ नम्बर वडाका अध्यक्ष राजेन्द्रबहादुर चन्द र तेजबहादुर साउदलगायत स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा पश्चिम सेती मूल सरोकार समितिका अध्यक्ष रतन साउदले परियोजनाका लागि स्थानीयवासी थातथलो छाड्न तयार भएको बताउनुभयो । उहाँले पश्चिम सेती परियोजना बन्ने आसमा ढुङ्गाडका स्थानीयले विस्थापित हुनुपर्ने भएकाले पक्की घर नबनाई बसेको बताउनुभयो ।

निर्माण कम्पनीले डोटीको दिपायलमा कार्यालयसमेत खोलिसकेको कम्पनीका विद्युत् प्रबन्धक भूपेन्द्र रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “विस्थापित परिवारलाई मुआब्जा दिन लगत तयारी गर्ने काम गर्दैछौँ । चार वटै जिल्लाको प्रारम्भिक लगत तयार भइसकेकाले प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने जग्गा अधिग्रहण समितिमार्फत मुआब्जा पाउनेको टुङ्गो लागेपछि निर्माणको काम अघि बढ्छ ।”

कम्पनीले सन् २०२६ जनवरीबाट निर्माणको काम सुरु गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले निर्माणको काम केही महिना पर सर्न सक्ने उहाँले जानकारी दिनुभयो ।

शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.