• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डडेलधुराको भागेश्वरमा अत्याधुनिक स्वास्थ्य चौकी भवन निर्माण

 धनगढी ।डडेलधुरा सदरमुकाम बागबजारको पश्चिमतर्फ १४ किलोमिटरको मात्रै दुरीमा अवस्थित भागेश्वर गाउँपालिकाको अस्थायी मुकाम–४, बगरकोटमा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण गरिएको छ । सात करोड रुपियाँभन्दा बढीको लागतमा निर्माण गरिएको भवन सञ्चालन भए सेवा प्रवाहमा निकै सहज हुने भागेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मी र सेवाग्राहीको अपेक्षा छ । यसअघि यहाँ निर्माण गरिएको स्वास्थ्य चौकीको भवन चुहिने भइसकेको थियो ।

पर्याप्त कोठा नहुँदा सेवा प्रवाह असहज भएकाले सेवाग्राहीले समस्या झेल्नु परेको स्वास्थ्य शाखा अधिकृत मानबहादुर साहूले बताउनुभयो । उहाँका अनुसार दुईतले भवनको पहिलो तलामा नौ वटा कोठा र माथिल्लो तलामा २४ घण्टा सेवा दिने स्वास्थ्यकर्मीका लागि दुई वटा आवासका कोठा छन् । बिरामीका लागि तल्लो तलाको छेउमा शैचालयसँगै फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटसमेत निर्माण गरिएको छ । नवनिर्मित भवनबाट सेवा प्रारम्भ भए स्वास्थ्य चौकीबाट दिइने प्रतिकारात्मक, प्रवर्धनात्मक र उपचारात्मक सेवा चौबिसै घण्टा पाउनुका साथै फराकिलो र सफा भवनभित्रका अलग अलग कक्षबाट सेवाग्राहीले सेवा पाउने उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकीबाट वार्षिक सरदर तीन हजार बिरामीले सेवा लिने गरेका छन् । उहाँले भन्नुभयो, “सीमित स्रोतसाधनमा सक्दो गुणस्तरीय सेवा प्रवाह गर्ने कोसिस गरिरहेका हुन्छौँ । गाउँपालिकाले वार्षिक ३८ लाख रुपियाँसम्म बजेट स्वास्थ्य शाखाका लागि छुट्याउने गरेको छ । शिविर आयोजना भए थप रकम उपलब्ध हुने गरेको छ ।”

भागेश्वर गाउँपालिकामा गत वर्ष सरकारले उपलब्ध गराउने स्वास्थ्य उपचार खर्च उपभोग गर्ने ११ जना रहेका उहाँले बताउनुभयो । उहाँका अनुसार क्यान्सर, मिर्गौला प्रत्यारोपण, डायलासिसलगायत दीर्घरोगीलाई सरकारले मासिक रूपमा उपलब्ध गराउने पाँच हजार रुपियाँ पाउने ११ जना छन् । गाउँपालिकाले गत वर्ष शल्यक्रियासहित आँखा शिविर र स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

जर्मन विकास बैङ्क केएफडब्लुको अनुदान भ्याट रकमसहित सात करोड १७ लाख ६२ हजार रुपियाँको लागतमा आधुनिक भवन निर्माण गरिएको भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले जानकारी दिनुभयो । उहाँका अनुसार जर्मन प्रविधिबाटै स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । ग्रामीण क्षेत्रमा शिशु स्याहार र मातृत्व सुधारका लागि स्वास्थ्य चौकीको भवन निर्माण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार भागेश्वरको ग्रामीण क्षेत्र रुपालमा पनि १० शøयाको अस्पताल निर्माणको काम जारी छ । भागेश्वर गाउँपालिका–२ मा पर्ने रुपाल क्षेत्र भारतीय सिमाना काली नदीसँग जोडिएको क्षेत्र हो । बगारकोटसम्म सडक कालोपत्रे भए पनि त्यसउता साँघुरो ग्रामीण कच्ची सडक छ । रुपालबाट जिल्ला सदरमुकाम पुग्न करिब पाँच घण्टाको यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.