• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दार्चुलामा पछिल्लो समय निगालोबाट बनेका सामग्री लोप हुँदै

 धनगढी ।दार्चुलामा पछिल्लो समय निगालोबाट बनेका सामग्री लोप हुँदै गएका छन् । निगालोबाट बन्ने डोको, डालो, नाङ्लो, मट्टो, सुपालगायतका सामग्री निकै प्रचलनमा रहे पनि लोप हुँदै गएका छन् ।

जङ्गलमा विगतमा प्रशस्त मात्रामा पाइने निगालोसमेत कम मात्रामा पाइन थालेको बताइएको छ । व्यावसायिक रूपमा उत्पादन कम गरिएको र यसको बजार पनि खस्किँदै गएकाले निगालोबाट बनेका सामग्री लोप हुन थालेको यहाँका व्यापारीले बताएका छन् ।

प्लास्टिकका भाँडाकुँडा प्रयोगमा आउन थालेपछि निगालोका सामग्रीको बजार खस्कँदै गएको कृषि बजार खरिद तथा बिक्री केन्द्र दार्चुलाका सञ्चालक दिलेन्द्रराज भट्टले बताउनुभयो । निगालोका सामग्री बनाउन झन्झट हुने र उचित बजारसमेत नपाउँदा समस्या हुने गरेको छ । हाल बजारमा पाइने प्लास्टिकका भाँडाभन्दा कैयौँ गुणा राम्रो भए पनि निगालोबाट बनेका सामग्रीको बजार खस्कँदै गएको छ । वनजङ्गलमा निगालो कम हुँदै गएको र प्लास्टिकका भाँडाको बढ्दो प्रयोग नै निगालोका सामग्री लोप हुनुको मुख्य कारण रहेको उहाँले बताउनुभयो ।

निगालोका सामाग्री बिक्रीबाट घरपरिवारको खर्च चलाउन सहयोग मिल्ने भए पनि प्लास्टिकका भाँडाको प्रयोगले यो व्यवसायमा लागेकाहरू पलायन हुन थालेका छन् ।

सडक र बजार अभावका कारणले निगालोका सामग्री लोप हुँदै गएको महाकाली नगरपालिका–३ का केशवदत्त भट्टले बताउनुभयो । निगालोबाट बनेका सामग्री स्वास्थ्यका दृष्टिले पनि राम्रो मानिन्छ ।

यहाँका सबै स्थानीय तहमा निगालो र यसका सामग्री निर्माण गरिने भए पनि व्यावसायिकतामा ह्रास आाउँदा बजारमा सामग्री नै अभाव रहेको व्यापारी दिलेन्द्रराज भट्टले बताउनुभयो ।

निगालोका सामाग्री केही मात्रामा सदरमुकाम खलङ्गामा पाइने भए पनि यसका उपभोक्ता घटेका छन् । मेला तथा पर्वमा मात्रै निगालोका सामग्री पाइने आमबुझाइ रहँदै आएको छ ।

आफ्नै कला र सिपबाट बन्ने यस्ता सामग्रीको संरक्षणमा ध्यान दिनु आवश्यक देखिएको छ । जङ्गलमा डढेलो लगाउने कार्य र नयाँ पुस्ताले यो पेसा नअपनाउँदा निगालोबाट बनेका सामाग्री पाइन छाडेको स्थानीय बताउँछन् ।

मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.