• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी

 धनगढी ।शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिबाट च्याउखेती गरेर गाउँमै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गरेका छन् ।

अठार महिने कृषि (जेटिए) अध्ययन गरेका रानाले हाइटेक टनेलमा मौसमी र बेमौसमी  च्याउ उत्पादन गर्दै वार्षिक रु १५ लाखभन्दा बढीको च्याउ बिक्री गर्छन् । खर्च कटाएर उहाँले वर्षमा झण्डै रु १० लाख नाफा कमाउने गरेका छन् ।

रानाले चिसो मौसममा कन्या र गर्मीमा मिल्की च्याउको खेती गर्छन् । मिल्की च्याउ डल्ला राखेको १५ दिनमा र कन्या च्याउ २० देखि २५ दिनमा तयार हुने उहाँको भनाइ छ । पिँकी च्याउको पनि उत्पादन गरे पनि बजार अभावका कारण हाल त्यो खेती स्थगित गरिएको रानाले बताउनुभयो ।

महेन्द्रनगर र झलारी बजारमा बेमौसमी कन्या च्याउको थोक मूल्य प्रतिकिलो रु ३५० र मौसमी समयमा रु १०० मा बिक्री गरेको छभने मिल्की च्याउ प्रतिकिलो रु ४०० मा बिक्री हुने गरेको छ । माग बढेसँगै उहाँले बाह्य बजारमा पनि च्याउको आपूर्ति गर्दै आउनुभएको छ ।

विवाह, भोजभतेर र चाडपर्वमा च्याउको माग बढी हुने गरेको छ । हाल उहाँले मोटरसाइकलमार्फत माग आएका ठाउँमा च्याउ ढुवानी गर्दै आउनुभएको छ । विसं २०७७ मा जेटिए अध्ययनका क्रममा विद्यालयमा पढेको ज्ञानलाई व्यवहारमा उतार्दै उहाँले घरकै गोठको एक कुनामा पहिलोपटक च्याउखेती गर्न सुरु गर्नुभएको थियो । घरमा उपलब्ध भाँडाकुँडामै पराल उमालेर, खटियामा सुकाएर २५ वटा परालका डल्ला बनाएर बीउ राख्दा राम्रो उत्पादन भएपछि उहाँले यसलाई व्यावसायिक रूपमा विस्तार गर्नुभयो ।

पहिलो सफलतापछि उहाँले बाँसको झुपडीमा ५०० परालका डल्ला राखेर मौसमी च्याउखेती सुरु गर्नुभयो । बजारमा सहज बिक्री भएपछि व्यवसाय विस्तारको हौसला मिलेको उहाँले सम्झनुभयो । हाल रानासँग च्याउखेतीका लागि फलामका छवटा हाइटेक टनेल रहेका छन् । छवटै टनेलमा निरन्तर बाह्रै महिना च्याउ उत्पादन भइरहेको छ । पराल काट्न, उमाल्न र सुकाउन आधुनिक मेसिनको प्रयोग हुने गरेको छ । केही उपकरण र टनेल अनुदानमा प्राप्त भए पनि धेरैजसो उपकरण उहाँले आफ्नै आम्दानीबाट खरिद गर्नुभएको हो ।

आधुनिक प्रविधिको प्रयोगले समय, जनशक्ति र खर्च तीनैमा बचत हुने उहाँको भनाइ छ । च्याउ उत्पादनमा उहाँका श्रीमतीसहित घर परिवारका सदस्यले साथ दिने गरेका छन् । कामको चाप अधिक भएका बेला कामदारलाई ज्यालादारीमा राखेर काम लिने गरेका छन् ।

“बिक्री नभएको च्याउ सुकाएर दोब्बर मूल्यमा बेच्न सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि अहिले आधुनिक इलेक्ट्रोनिक ड्रायर खरिद गर्ने योजना बनाएको छु ।” हाल उहाँको च्याउ उत्पादनमा झण्डै रु २० लाख बराबरको लगानी रहेको छ । भविष्यमा लगानी बढाएर डल्ले च्याउको उत्पादन सुरु गर्ने तयारीमा उहाँ हुनुहुन्छ ।

रानाले च्याउखेतीमा गुणस्तरीय बीउको प्रयोग अत्यावश्यक रहेको बताउनुभयो । “बीउ राम्रो भए उत्पादन बढी हुन्छ, कमसल बीउ भए फसल पनि कमजोर हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले बीउ उत्पादकहरूले गुणस्तरमा ध्यान दिनुपर्छ ।”

च्याउमा पनि अन्य बालीजस्तै रोगब्याधि लाग्ने भएकाले समयमै उपचार आवश्यक हुने रानाको भनाइ छ । उहाँले विद्यालयमा सिकेको कृषि ज्ञानले नै आजको सफलताको बाटो देखाएको बताउनुभयो । “च्याउखेतीलाई अझै विस्तार गर्न आधुनिक तालिम र प्रविधिको आवश्यकता छ”, उहाँले भन्नुभयो, “कृषिसम्बन्धी निकायले त्यसमा चासो देखाउनुपर्छ ।”

हालसम्म आफ्नै प्रयासमा च्याउखेती विस्तार गर्दै आउनुभएका राना अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेका छन् । गाउँमा बस्दै आधुनिक प्रविधिबाट सफल हुन सकिन्छ भन्ने सन्देश उहाँको सफलताले दिएको छ । रासस

सोमबार, कार्तिक १७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.